News राजनीति

सर्वोच्चबाट संसद पुनर्स्थापना वा निर्वाचनको जुनसुकै निर्णय आए पनि कांग्रेसले मान्छः निधी

सर्वोच्चबाट संसद पुनर्स्थापना वा निर्वाचनको जुनसुकै निर्णय आए पनि कांग्रेसले मान्छः निधी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्वोच्च अदालतले संसद विघटनको पक्षमा फैसला गरे निर्वाचनमा जानुको विकल्प नभएको वताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाले मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा निधीले संसद विघटन असंवैधानिक कदम भएपनि निर्वाचन संवैधानिक व्यवस्था भएको वताए । उनले प्रतिनिधिसभा विघटनाको सम्बन्धमा सर्वोच्च अदालतले छिटो फैसला दिनुपर्ने बताए ।

सर्वोच्चबाट संसद पुनर्स्थापना वा निर्वाचनको जुनसुकै निर्णय आए पनि मान्न तयार रहेको बताए । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्चमा एक दर्जन बढी रिट परेका छन् । ती रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।

‘प्रतिनिधिसभा देशलाई चाहिन्छ’ उनले भने–‘त्यसैले लोकतन्त्रमाथि विश्वास गर्ने कांग्रेस निर्वाचनमा जान्छ ।’ चुनावमा जानुपरे कांग्रेस संघीयता, गणतन्त्रको सम्बद्र्धन र जनताको दुःखको मुद्दालाई लिएर जाने उनको भनाई छ। 

अदालतबाट संसद विघटन सदर भएर पनि सरकारले चुनाव नगराए आन्दोलनमा जानुपर्ने उनको भनाइ थियो । 

निधीले वैशाखमा घोषणा गरिएको प्रतिनिधिसभा चुनावपछि मात्रै पार्टीको महाधिवेशन हुने बताएका छन् । ‘संसद पुनःस्थापना नभए चुनावमा भाग लिएर महाधिवेशनको तयारीमा लाग्नु पर्छ’–उनले भने। कांग्रेस आगामी फागुन ७ देखि १० सम्म अधिवेशनको मिति तोकेको छ । 
 

विशेष