News राजनीति

ओली पक्षमा लागेका सहकर्मीलाई प्रचण्डको प्रश्नः जनयुद्ध कुहिएको फर्सी नै थियो ?

ओली पक्षमा लागेका सहकर्मीलाई प्रचण्डको प्रश्नः जनयुद्ध कुहिएको फर्सी नै थियो ?

नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल समुह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्धलाई कुहिएको फर्सी’ भनेको प्रति केपी शर्मा ओलीप्रति आक्रोश ब्यक्त गरेका छन् ।

मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओली पक्षमा लागेका पुर्व माओवादी नेताहरुलाई प्रश्न गरेका छन् । ‘पूर्वमाओवादी साथीहरु जो केपी गुटमा जानू भएको छ, उहाँहरुले कसरी सुन्न सक्नु भयो कि जनयुद्ध कुहिएको फर्सी थियो भनेर ?’– उनले भने।

जनयुद्व सम्बन्धी उल्लेख गरिएका यसअघिका राजनीतिक प्रतिवेदनमा केपी ओलीले हस्ताक्षर गरेको उल्लेख गर्दै दाहालले ‘के त्यो कीर्ते हस्ताक्षर थियो?’ भन्दै प्रश्न गरेका छन् ।

उनले ओलीसँग पदको नभई विचारको लडाइँ भइरहेको बताए। प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै आफूहरू उखान र टुक्का भन्न तथा प्रहसन गर्न प्रदेशका कार्यक्रममा नआएको बताएका थिए। 
 

विशेष