News राजनीति

नेता नेपाल भन्छन्– ओली नेतृत्वको पार्टी ‘सडकछाप पार्टी’

नेता नेपाल भन्छन्– ओली नेतृत्वको पार्टी ‘सडकछाप पार्टी’

विभाजित नेकपा (प्रचण्ड–माधव) समुहका अध्यक्ष माधवकुमार नेपालले ओली नेतृत्वको पार्टीलाई ‘सडकछाप पार्टी’ को संज्ञा दिएका छन् ।

काठमाडौं जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै नेपालले भने केपी ओलीलाई झुठको पुलिन्दा भएको वताए । उनले कार्यकर्तालाई भने–‘उनका हरेक कुराको जवाफ दिननुर्छ । ख्याल गरेर राख्नुहोस।’

ओली अहिले केन्द्रिय कमिटिको सदस्य वाँडि हिडेको वताए । दोस्रो र तेस्रो चरणमा केन्द्रिय समितिको संख्या १५ सय १ वनाएको र अव तेस्रो चरणमा २५ सय पु¥याउने कुरा सुन्नमा आएको उनको भनाई छ । ‘२५ सय पुगेपछि अव ५ हजार त पुग्ला’ उनले भने–‘त्यो सडकछाप पार्टीमा को को जाँदा रछन हेर्न वाँकी छ।’

ओलीको सडकछाप पार्टीको केन्द्रिय सदस्यता त्याग गर्ने र अस्विकार गर्ने वढ्दै गएको पनि उनले वताए । ‘त्यो पार्टी होईन, पार्टी पौवा पनि होईन, सडक पनि होईन’ उनले भने–‘अव त्यो सडकको धुलो हुँदैछ।’

उनले प्रधानमन्त्री कपी शर्मा ओली कहिल्यै नसुध्रिने मान्छे भएकाले पार्टी एकता गर्ने वामदेवको प्रयास सफल नहुने दावी गरे। २०५१ सालदेखि नै केपी ओलीले पार्टीमा गुट चलाउँदै अलग पार्टीको अभ्यास गरेको उनको आरोप छ ।

‘कमरेड वामदेव गौतम अहिले बालुवा पेल्दै हुनुहुन्छ । प्रचण्डले पनि ‘कुकुरको पुच्छर सोझिन्छ कि’ भनेर तेल लगाउनुभयो । तर बालुवा पेलेर तेल निस्कनेवाला छैन’ नेपालले भने–‘केपी ओली सुध्रिने मानिस होइन, झुक्ने मानिस होइन । उनले भाँच्छन् तर झुक्दैनन् ।’

विशेष