ओलीका कारण कालापथ्थरमा सुधिर, सगरमाथामा भारतको दावी : भिम रावल
नेकपा (दाहाल–नेपाल) समुहका नेता भिम रावलले जीन्युजका पत्रकार/प्रस्तोता सुधिर चौधरीले कालापथ्थर पुगेर सगरमाथामा भारतले दावी गर्नुपर्छ भनेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
वुधवार आफनो ट्वीटटरमा ट्वीट गर्दै रावलले चौधरीलाई त्यो भन्ने अवसर प्रधानमन्त्री ओलीले नै उपलब्ध गराएको जनाईएको छ ।
‘नेपालविरोधी अभियान चलाउने भारतीय जीन्युजका सुधीर चौधरीलाई वालुवाटारमा अन्तरवार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी निजले सगरमाथामा ‘भारतले दावी गर्नुपर्छ’ भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रधानमन्त्री केपीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण हो’– उनले लेखेका छन् ।
चौधरीले ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् ।
चौधरीका अनुसार भारतीय राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका थिए । त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ ।