‘विप्लव’द्वारा नेपाल वन्द सहितका आन्दोलनका कार्यक्रम घोषणा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ ।
पार्टीका सचिवालय सदस्य एवम् विदेश विभाग प्रमुख चक्रप्रसाद बास्तोला ‘कञ्चन’ लगायतका नेताहरुलाई पक्राउ गरेको विरोधमा नेपाल वन्दको घोषणा गरिएको हो ।
विप्लप समूहले नेपाल बन्दसहित अन्य ५ दिने देशब्यापी संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रमण घोषणा गरिएको हो । महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार माघ ३ गते जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ ।
नेता वास्तोला बुधबार पक्राउ परेका थिए । बाँस्तोलामाथि बम विस्फोटको मुद्दा चलाउने तयारी गरेको छ भने उनीसँगै समातिएका विवेक कुमालमाथि पनि बम विस्फोटकै मुद्दा चलाउने प्रहरी योजना छ । कुमाल विप्लव समूहका दोस्रो तहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) निकट हुन् ।
बाँस्तोलामाथि १० फागुन २०७५ मा ललितपुर नख्खुस्थित एनसेल कार्यालयअगाडि भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोग छ ।
विश्वकर्मालगायत नेताहरू केही दिनदेखि मकवानपुर सीमाहुँदै गिम्दी पुगेको सूचना पाएपछि प्रहरी निगरानी गरेर उनीहरुलाई पक्राउ गरेको हो। तर, विश्वकर्मा भने पक्राउ परेनन्। यसअघि प्रहरीले हेमन्तप्रकाश ओली, माइला लामा, अनिल शर्मा, ओमप्रकाश पुनलगायतका नेतालाई पक्राउ गरेको थियो ।
तीमध्ये १ सय ४३ जना विभिन्न मुद्दामा पुर्पक्षका लागि जेल चलान र बाँकी अदालतको आदेशले रिहा भएका छन् ।