News अर्थ राजनीति

तराईमा चीनियाँ प्रभाव जमाउन उपेन्द्रले लिए ४ करोड !

तराईमा चीनियाँ प्रभाव जमाउन उपेन्द्रले लिए ४ करोड !

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले तराईमा क्षेत्रमा चीनिया गतिविधि सक्रिय वनाउन ४ करोड रुपैयाँ असुल गर्न थालेका छन् । जनता समाजवादी पार्टीका अधिकांश नेता भारतसँग नजिक मानिन्छन्। तर, यादवले चीन पक्षवाट रकम उठाउन थालेपछि पार्टी भित्रै उनको वारेमा असन्तुष्टि वढेको श्रोतले जनाएको छ ।

पछिल्लो समय उनले भैरहवा बिमानस्थल निमार्णको काम गर्दै आएको नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्ट्रक्शन कम्पनी मार्फत पैसा लिएका स्रोतको दावी छ । ‘तराईमा भारत विरोधी गतिविधिलाई वढावा दिने र चीनको पक्षपोषण हुने गरी कार्यक्रमहरु गर्न पैसा लिएको जानकारी छ’ श्रोत भन्छ–‘२९ डिसेम्बरमा भैरहवाको होटल मयुरमा पैसा लेनदेनको काम भएको हो।’

पार्टीको कार्यक्रममा सहभागि हुन भैरहवा पुगेका बेला होटल मयुरमा कम्पनीले अरनिको सोसाईटीका अध्यक्ष मनोजमान श्रेष्ठमाफर्त यादवलाई रकम पुर्याएको दावी गरिएको छ । मनोजमानले नै यादवलाई रकम जिल्मा लगाएका थिए । 

मनोजमान श्रेष्ठ क्षेत्रपार्टी स्वतन्त्र अस्पताल, काठमाडौं अल्ट्रासाउन्ड क्लिनिक, क्षेत्रपाटी क्लवका अध्यक्ष हुन्। उनले बेइजिङस्थित मेडिकल विश्वविद्यालयमा अध्ययनका क्रममा श्रेष्ठले चिनियाँ पक्षसँग राम्रो सम्वन्ध वनाएको र चीनले उनलाई नै प्रयोग गरेर अहिले उपेन्द्र यादवलाई प्रयोग गरिरहेको श्रोतको दावी छ ।्

यादवले तराईमा चिनियाँ प्रभाब बढाउन तीन÷चार वर्षअघि देखिनै रकमको खेला गर्दै आएको पाईएको छ । एक वर्ष अघि मात्रै ‘फ्रि तिब्बत’ को कार्यक्रममा सहभागी भएको भन्दै पार्टीका पर्सा जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद प्रदिप यादवलाई यादवले ६ महिना निलम्बन गरेका थिए । सांसद यादव फ्रि तिब्बतको कार्यक्रममा सहभागी हुन यूरोप पुगेका उनलाई कारवाही गर्नुले पनि उपेन्द्र यादवलाई चाईनाले प्रभावमा राखेको प्रमाण भएको श्रोत वताउँछ।

यस वाहेक चीनले नेपाली भुमि मिचेको विषयमा तराई क्षेत्रमा हुने प्रदर्शनमा पनि यादवले रोक लगाने गरेको जनाईन्छ। ‘एक बर्ष अगाडि वीरगञ्जमा गर्न लागिएको चीन बिरोधी कार्यक्रम उपेन्द्रकै दवावमा प्रभावित भएको थियो’ स्रोत भन्छ–‘आन्दोलन गरे पार्टीले कारवाही गर्छ भन्दै जिल्लाका नेता÷कार्यकर्तालाई धम्कि दिएपछि कार्यक्रम प्रभावित भयो ।’

नेकपा विभाजनको अन्तिम तयारी भईरहेका वेला उपेन्द्रलाई चीनले एजेण्टको रुपमा प्रयोग गर्नु र उनले पैसा उठाउनुलाई संयोग मात्र मान्न नमिल्ने पार्टीकै नेताहरु वताउँछन् । उपेन्द्र यादवले संघीय सरकारदेखि प्रदेश २ को सरकारसम्म प्रभाव देखाउन सक्ने भएकाले उनी चाईनाको रोजाईमा परेको हुन सक्ने तीन नेताहरुको विश्लेषण छ। 

विशेष