प्रचण्डलाई बुहारी सृजनाको बलियो साथ, बिरोधीलाई माथ !
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विग्रहपछि हरेक नेता/कार्यकर्ता दुई ध्रुवमा विभाजित भएका छन् । पुर्व माओवादी, माधव नेपाल, झलनाथ खनालसहितका नेता/कार्यकर्ता एउटा समुहमा छन् भने केपी शर्मा ओलीसहितका नेता/कार्यकर्ता अर्को समुहमा छन् ।
राजनीतिक रुपमा पार्टीमा फुट आएपछि दुवै पक्ष एकअर्कालाई नङ्ग्याउन जिउ छोडेर लागेका छन् । राजनीतिक विषयलाई ब्यक्तिगत जिवन शैली, पारिवारीक सम्वन्ध र स्वास्थ्यसँग समेत जोडेर निकृष्ट गालि गर्ने प्रवृत्ति झाङ्गिएको छ । यसमा कार्यकर्ता मात्र होईन, शिर्ष नेतृत्व नै अग्र पंक्तिमा देखिएका छन् ।
कुरा यति मात्र सिमित छैन। पछिल्लो समय पुस्पमकल दाहाल (प्रचण्ड) की वुहारी सृजना त्रिपाठी पनि यहि मेसोमा तानिएकी छिन् । एक अर्को समुहका नेता/कार्यकर्तालाई खुईल्याउने प्रवृत्तिले उनलाई पनि राजनीतिमा तानेको छ । प्रचण्ड पुत्र स्व. प्रकाश दाहालकी पत्नि हुन–सृजना त्रिपाठी। सृजनाका एक छोरा छन्– प्रशिद्ध ।
लामो समयदेखि राजनीतिमा सकृय रहेपनि सृजनाको सकृयता सर्वसाधारणको नजरमा देशब्यापी थिएन। तर, उनी नेकपाको कास्कि जिल्ला सचिवालय सदस्य हुन। उनलाई पछिल्लो समयको राजनीतिले केन्द्रभागमा तानिरहेको छ।
पुस २३ गते पोखरामा आयोजित प्रचण्ड–माधव समुहको विरोध सभादेखि नजानिदो तरिकाले सृजना राजनीतिमा तानिएकी छिन् ।
एउटा सञ्चार माद्यममा पद र सत्ताका लागि प्रचण्डले परिवारलाई पनि प्रयोग गर्न थालेको भनेर समाचार प्रकाशनमा आएपछि सृजनाले त्यसमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा स्ट्याटस लेखेकी छन।
‘बुहारी सिर्जना त्रिपाठीलाई आफ्नो निवास प्रवेशनै निषेध गरेका प्रचण्डले पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय प्रशिक्षणमा भने नाती लिएर मञ्मै बसी नाबालक नातीलाई समेत आफ्नो राजनीतिमा उपयोग गरेका छन्’ भन्ने आसयको समाचारमा सृजनाको आपत्ति छ। ‘पोखरा सिर्जनाको माइती हो भने प्रचण्डको नातीको मावली । यही तथ्य बुझेर प्रचण्डले सिर्जनालाई घरभित्र छिर्न नदिए पनि पोखरामा भने नातीलाई लिएर मञ्चमा पुग्नुभएको हो । प्रचण्डले आजको कार्यक्रममा नाती राखेर पोखरेलीसँग इमोशनल ब्ल्याकमेलिङ गर्नुभएको हो’ भन्ने आसयमा आफनो असहमति रहेको उनले वताईन।
‘अंशमा बिषयवस्तु हेर्ने र आफूअनुकुल बिषयलाई प्रस्तुत गर्ने एकथरी संचार प्रवृतिबाट हाम्रो परिवार बारम्बार पीडित हुँदै आएको छ । फेरी मेरो नाबालक छोरालाई जोडेर सत्तानिकट एक मिडियामा प्रायोजित सामग्री प्रकाशित भएसंगै अनेक प्रतिक्रिया आइरहेका छन’ उनले लेखेकी छिन्–‘हामी प्रष्ट छौं–हाम्रो पारिवारिक प्रसंगलाई गिजोलेर क्रान्तिनायक प्रचण्डमाथि प्रहार गर्ने प्रवृति सफल हुने छैन । नेपाली जनताको स्वर्णिम भविष्य निर्माणका खातिर बुबा प्रचण्डले ४ दशकदेखि संघर्षको नेतृत्व गरिरहनु भएको छ । नातिका रूपमा प्रशिद्धप्रती सार्वजनिक चासो हुनु अन्यथा होइन तर जबरजस्ती राजनीतिक रंग दिने र अन्यथा व्याख्या गर्ने कलुषित सोच सामान्य हुँदै होइन ।’
नाबालकलाई जबरजस्ती समाचारको मशाला बनाउने र प्रचण्डविरुद्ध षडयन्त्रको खुराक बनाउने प्रवृत्ति प्रति घोर आपत्ति रहेको उनले जनाएकी छिन् । ‘हामी यसबेला इतिहाँस कै पेचिलो संघर्षमा छौं, असंवैधानिकरूपमा गरिएको संसद बिघटनले देशको राजनीतिक भबिष्यमाथि गम्भीर धक्का लागेको छ’ फेसवुकमा लेखिएको छ–‘फेरी एकपटक प्रचण्डसहितको नेतृत्वमा राजनीतिलाई सही ट्रयाकमा ल्याउन आन्दोलनको ज्वारभाटा निस्कदै छ । म र हाम्रो परिवार सो संघर्षको बफादार सिपाहीका रूपमा संघर्षमा छौं । ठीक यही बेला जनताको ध्यान बिषायन्तर गर्न अनेक बाहाना खोजिएको छ । बहानाले बाजी मार्ने छैन, प्रचण्ड नेतृत्वको तुफान कसैले रोक्न सक्ने छैन ।’