News

देउवा चढेको हेलिकप्टर आँपपिपलमा आकस्मिक अवतरण

देउवा चढेको हेलिकप्टर आँपपिपलमा आकस्मिक अवतरण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर मौसम खरावीका कारण गोरखामा आकस्मिक अवतरण भएको छ। 

विहिवार काठमाण्डौवाट पर्वत जाँदै गरेका देउवा सवार हेलीकप्टर पालुङटार नगरपालिका–२ आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरूङले बताए। 

देउवा कैलाश एयरको हेलिकप्टर चढेर काठमाडौंबाट हिडेका थिए । देउवाजी अहिले आँपपिपलमै रहेको गुरुङ्गले जानकारी दिए । 

विशेष