संवैधानिक इजलासमै चर्काचर्कीः प्रधानमन्त्री र न्यायाधीशबीच भेट, षड्यन्त्रको गन्ध
संवैधानिक इजलासमा प्रधानमन्त्री र न्यायाधीशहरुबीच भेट भएको र षड्यन्त्रको गन्ध आएको भनेर अपुष्ट कुरा उठाईएपछि विवाद भएको छ । विवादपछि नेपाल बार एशोसियन र सर्वोच्च अदालतभित्रै बहस सुन्न राखिएको भिडियो लाइभबाट अडियो काटिएको छ ।
बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति कार्यालयबाट आएको सक्कल पत्र फिर्ता पठाईएको विषयमा विवाद सुरु गरेका थिए । उनले ‘राष्ट्रपति कार्यालयवाट आएको सक्कल पत्र किन फिर्ता पठाइयो’ भनेपछि शुरु भएको बहसमा विघटित प्रतिनिधि सभाका सदस्य समेत सहभागि भएका थिए । उक्त प्रसंगमा विघटित प्रतिनिधिसभा सदस्य शशी श्रेष्ठले बोल्न थालेपछि चर्काचर्की भएको थियिो ।
उनले ‘प्रधानमन्त्री र न्यायाधीशहरुबीच भेट भएको र षड्यन्त्रको गन्ध आएको भनेर जनताले प्रश्न उठाउन थालेका छन्’ भन्दै कुरा उठाएका थिए । उनको कुरा सुनेपछि बेन्चबाट यस्ता अपुष्ट कुरा नउठाउन आदेश दिइएको थियो । तर, श्रेष्ठले अपुष्ट कुरालाई इजलासमा उठाएपछि सवाल–जवाफ चर्केको थियो।
सोहि समयमा नेपाल बार एशोसियन र सर्वोच्च अदालतभित्रै बहस सुन्न राखिएको भिडियो लाइभबाट अडियो काटिएको छ ।