एमसीसी राष्ट्रहित विपरीत भए खारेज गरौं, बन्धक वनाएर राख्न हुन्नः मन्त्री रायामाझी
ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसी लागू हुन्छ कि हुन्न भनेर कुरिराख्न एक सेकेन्ड पनि फुर्सद नभएको वताएका छन्।
रिपोर्टर्स क्लब लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा एमसीसी लागू गर्ने÷नगर्नेबारे तत्काल निर्णय गर्नुपर्ने बताए। ‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुप¥यो, नत्र लागू गर्नुप¥यो । हुन्छ कि हुन्न भनेर कुरिराख्न एक सेकेन्ड पनि फुर्सद छैन ।’
रायमाझीले आउँदो जेठसम्म ५० मेगावाट र अर्को भदौसम्म ५ सय मेगावाट विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको बताए । यसले गर्दा दैनिक एक अर्ब बराबरको घाटा लाग्न सक्ने उनको भनाइ छ ।
विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले एमसीसीबारे निर्णय लिइहाल्नुपर्ने उनको भनाई छ ।
एमसीसी राष्ट्रहित विपरीत भए त्यसलाई खारेज गर्नुपर्ने अन्यथा एमसीसीलाई बन्धक वनाएर राख्न नहुने उनको तर्क छ ।