News

‘केटु हिमाल’ मा नयाँ रेकर्डः हिउँद याममा १० नेपालीद्वारा सफल आरोहण

‘केटु हिमाल’ मा नयाँ रेकर्डः हिउँद याममा १० नेपालीद्वारा सफल आरोहण

पाकिस्तानस्थित संसारको दोस्रो सर्वोच्च शिखरमा ‘केटु हिमाल’ नेपालका १० जना पर्वतारोहीले शनिबार आरोहण गरी रेकर्ड वनाएका छन् । 

आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमाल मात्र हिउँदमा आरोहण हुन नसकेको वेला नेपाली टोलीले आरोहण गरेर नयाँ रेकर्ड वनाएको हो ।

नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा र सोना शेर्पाले ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका छन् । दश मध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेका छन् ।

शनिबार साँझ ५ः४५ बजे (स्थानीय समयअनुसार ५ बजे) हिमाल आरोहण गरिएको जनाईएको छ । सुरुमा तीन ओटा समूहमा विभाजित पर्वतारोहीहरू अन्तिममा एकसाथ शिखरमा पुगेका थिए । 

विशेष