News

मिडियामार्फत् न्यायपालिकालाई वदनाम गर्ने काम हुँदैछः प्रम ओली

मिडियामार्फत् न्यायपालिकालाई वदनाम गर्ने काम हुँदैछः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियामार्फत् लोकतान्त्रिक संस्थाहरूमाथि हमला गर्ने र न्यायपालिकालाई वदनाम गर्ने काम भएको बताएका छन्।

प्रतिनिधि सभा विघटनका विषयमा प्रधानमन्त्रीले न्यायाधिसहरुलाई भेटेको र षडयन्त्र हुने सक्ने भन्दै विभिन्न खाले समाचार र प्रचारवाजी भईरहेको भन्दै उनले यस्तो वताएका हुन्।

नेकपा (ओली समूह) को प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले न्यायाधीशहरूले प्रधानमन्त्रीसँग भेट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिए। ‘मैले यसपटक मात्रै होइन, शायद कहिल्यै भेटेको छैन’ उनले भने–‘झूठ प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम भईरहेको छ।’

प्रधानमन्त्री र न्यायाधिसहरुको भेटघाटबारे समाचार छाप्ने सञ्चार माध्यमलाई ‘झूट बोल्ने कर्तव्यको ठेक्का लिएको’ पनि गुनासो गरे । ‘न्याय प्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणाली माथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ’ उनको प्रश्न छ–‘उहाँहरू यस कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ ?’

‘हिजो सर्वोच्च अदालतले खण्डन गर्यो, आज फेरी ‘के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो’ भनेर  समाचार आएको छ। लाज पनि लाग्न पर्छ।’

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै संवैधानिक इजलासमै कुरा उठेको थियो । 

विशेष