News राजनीति

ओली गुटमा आउन सांसदलाई मन्त्री र ३ करोडको अफर !

ओली गुटमा आउन सांसदलाई मन्त्री र ३ करोडको अफर !

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि वागमती प्रदेशको राजनीति सामान्य अवस्थामा आउन सकेको छैन । नेकपा (दाहाल–नेपाल) पक्षले पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि हरेक दिन प्रदेशको राजनीतिले नयाँ–नयाँ अवस्थाको श्रृजना गरिरहेको छ ।

यसै क्रममा यतिवेला सरकार जोगाउन केपी ओली समुहले अन्तिम प्रयास गरिरहेको छ । ओली समुहले बिगतमा पूर्वमाओबादीको बादल समुहमा रहेकालाई केन्द्रित गरि एक चरणको छलफल समेत गरेको श्रोतले जनाएको छ । 

ओली पक्षमा आउन मुख्यमन्त्रीका तर्फवाट उनीहरुलाई मन्त्रीसंगै ३ करोडको प्रस्ताव गरिएको स्रोतको दावी छ । मुख्यमन्त्रीका तर्फÞबाट आएको प्रस्तावलाई एक सांसदले पुष्टि गरेका छन् । सो प्रस्तावसँगै वागमती प्रदेशको आन्तरिक समिकरण हेरफेर हुन सक्ने संभाबना वढेको उनले जानकारी दिए ।

सरकारवाट राजीनामा दिएका मन्त्री शालिकराम जमकरट्टेल सहित प्रचण्ड–माधव समुहका सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध मंसिर १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए। योसँगै पौडेल अल्पमतमा परेका छन् । ११० सदस्यीय प्रदेशसभामा नेकपाका ८० जना सांसद छन् ।

पार्टी विभाजनपछि तीमध्ये तत्कालीन एमालेका ५८ जना थिए । संसदीय दलको निर्वाचनमा डोरमणिले अष्टलक्ष्मी शाक्यलाई २४ का विरुद्ध ३४ मत ल्याएर पराजित गरेका थिए ।

तत्कालीन माओवादीका २२ सांसद समेत थप्दा अब प्रचण्ड–माधव पक्षमा ४६ सांसद छन् भने ओली पक्षमा ३४ सांसद छन्। 

प्रचण्ड–माधव समुहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरिसकेको छ । पुस ९ गते प्रदेश सांसदको काठमाडौंस्थित पेरिसडाँडामा बसेको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

विशेष