News

संसद पुनर्स्थापना नभए हातमा दही जमाएर बस्दैनौं भन्नु अस्थिरता खडा गर्ने कदमः कमल थापा

संसद पुनर्स्थापना नभए हातमा दही जमाएर बस्दैनौं भन्नु अस्थिरता खडा गर्ने कदमः कमल थापा

राप्रपका अध्यक्ष कमल थापाले ‘प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर र रामनाम जपेर बस्दैनौं’ भन्नु अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडा गर्ने कदम भएको वताएका छन् ।

अध्यक्ष थापाले सोमवार ट्वीट गर्दै यस्तो वताएका ह्न। उनको ट्वीट जनता समाजावादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराई प्रति लक्षित भएपनि उनको नाम भने लिएका छैनन् । ‘संविधानमा रहेका अस्पष्टता÷विवाद निरूपण गर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर, रामनाम जपेर बस्दैनौं भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत रहेको देखिन्छ’ उनले भनेका छन् ।

जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना नभए हातमा दहि जनमाएर नवस्ने भन्दै अभिब्यक्ति दिएका थिए ।


 

विशेष