News राजनीति

अहिलेसम्मको उपलब्धि रक्षाका लागि जनताको अदालतमा जानुपर्छः प्रचण्ड

अहिलेसम्मको उपलब्धि रक्षाका लागि जनताको अदालतमा जानुपर्छः प्रचण्ड

नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संसद विघटन विरुद्ध र अहिलेसम्मको उपलब्धि रक्षाका लागि जनताको अदालतमा जानुपर्ने तर्क गरेका छन्।

सोमबार अखिल नेपाल महिला संघ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले ७० वर्ष लडेर ल्याएको गणतन्त्रलाई रक्षाका लागि ढिलो नगरी जनअदालतमा गएर चाँडो फैसला सुनाउन तयार हुनुपर्ने वताएका हुन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेको नभइ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन गरेको उनको टिप्पणी छ। प्रचण्डले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी र निरंकुश कदम भएको उनले वताए । यसका विरुद्ध एकजुट भएर अहिलेसम्मको उपलब्धी रक्षाका गर्न उनले आग्रह गरे। 

प्रचण्डले एकताका बेला भएको सहमति र सम्झौता ओलीले नमान्दा अहिलेको अवस्था आएको बताउँदै अध्ययन गर्न आग्रह गरे। उनले भने,‘प्रतिवेदन र सम्झौता अध्ययन गर्दा को सहि, को गलत छुट्याउन सहज हुन्छ।’

विशेष