News राजनीति

दाहाल–नेपाललाई बाबुरामको प्रश्नः केपी ओलीलाई पार्टीबाट कहिले निकाल्ने ? 

दाहाल–नेपाललाई बाबुरामको प्रश्नः केपी ओलीलाई पार्टीबाट कहिले निकाल्ने ? 

जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी ओलीलाई पार्टीबाट कहिले निकाल्ने भन्दै दाहाल–नेपाल समूहलाई प्रश्न गरेका छन्।

गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानले सोमवार काठमाडौँमा आयोजना गरेको ‘संसद विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तरक्रियामा वोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । 

पुस्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सत्ता वरिपरि नै घुमिरहेकोले कित्ता क्लियर गर्न पनि आग्रह गरे। ‘प्रचण्डको भर छैन, बिहान बोलेको बेलुकी सम्झनुहुन्न। केपी ओलीलाई किन पार्टीबाट निकाल्नु हुन्न ? उनले प्रश्न गरे–‘तपाइँहरु सत्तामा जान खोजिरहनु भएको त होइन ?’

नेता भट्टराईले संसद् पुनःस्थापना नभए आफूहरु हातमा दही जमाएर नबस्ने चेतावनी पनि थिए । प्रतिनिधि सभा पुनस्थापनाको निम्ति संघर्ष आवश्यक रहेको उनको भनाई छ । 

विशेष