News राजनीति

प्रदेश २ : नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश २ : नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको छ। यसैक्रममा पुस्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ ।

मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–माधव पक्षका सांसदहरुले वताएका छन् । प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन् । यसमध्ये २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड–नेपाल पक्षको दाबी छ । मण्डल ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका हुन ।

दलका नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भएको र आइतबार बैठक बसेर उनलाई हटाईने सांसद शत्रुघन महतोले वताए ।

कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए ।
 

विशेष