स्वास्थ्य चौकी फत्तेपुरमा २४ घण्टे इमर्जेन्सी सेवा सुरु, १५ वेड अस्पताल सञ्चालनको तयारी
सप्तरीको सप्तकोशी नगरपालिका स्थित स्वास्थ्य चौकीमा २४ घण्टे इमर्जेन्सी सेवा सुरु भएको छ । नगरपालिकाका मेयर उत्तमकुमार गौतमले सोमवार एक कार्यक्रमको आयोजना गरी इमर्जेन्सी सेवाको उद्घाटन गरेका छन् ।
स्वास्थ्य चौकीमा यसअघि नै ल्याव तथा ५ वेडको कोभिड–१९ अस्थायी अस्पताल संचालनमा छ । दरवन्दीका ६ सहित १२ जना स्वास्थ्यकर्मी सञ्चालनमा रहेको स्वास्थ्य चौकीवाट ११ वटै वडाका २७ हजार जनसंख्यालाई सेवा दिईने गौतमले वताए ।
यसवाहेक चाँडै नै सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा ल्याईने मेयर गौतमको भनाई छ । नगरपालिकामा १५ वेडको अस्पताल सञ्चालनमा लागि पनि आवश्यक तयारी भईरहेको र फागुन भित्र शिलन्यास गरिने उनले वताए । ‘जग्गा छनौटको काम अन्तिम चरणमा छ, त्यसपछि शिलन्यासको प्रकृया अघि वढ्छ’ उनले भने–‘अस्पतालतका लागि आवश्यक उपकरणका लागि स्वास्थ्य सेवा विभागमा कुरा भएको छ। उपलब्ध गराउने आश्वासन पाएका छौं ।’