पाँच वर्षीया बालिकाको वलात्कारपछि हत्या प्रयास
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिकालाई वलाकारपछि हत्याको प्रयास भएको छ ।
कपिलवस्तुको बाणगंगा–१२ घर भई तिलोत्तमा नगरपालिका–१३ बबनी बसेर मजदुरी गर्ने २८ वर्षिय होमबहादुर विकले वालिकालाई वलात्कार गरेको प्रहरीले जनाएको छ ।
माघ १ गते घरबाट पसल जाँदै गरेकी बालिकालाई उनले वलात्कार गरेको जनाईएको छ । वालिका हराएपछि परिवारका सदस्यले प्रहरीमा सुचना गरेका थिए । खोजतालसका क्रममा स्थानीयको खेतनजिकै खोल्सामा अचेत अवस्थामा वालिकालाई फेला परिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेलले जानकारी दिए ।
युवकले अपराध स्वीकार गर्दै बालिका मरेको भन्दै झाडीमा छोडेर हिँडेका थिए । विवाहपछि श्रीमतीले छाडेका ति युवाले यसअघि पनि यस्ता गतिविधिको प्रयास गरेको स्थानीयहरु वताउँछन् ।
मुखमा चोटपटक लागेकी बालिकाको गम्भीर अवस्थामा काठमाडौँ स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । बालिकालाई पहिला रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारको लागि पठाए पनि उपचार हुन नसकेपछि काठमाडौँ वीर अस्पताल पठाइएको थियो । वीर अस्पतालमा पनि उपचार सम्भव नभएपछि टिचिङ अस्पताल रिफर गरिएको जनाईएको छ ।