News राजनीति

ओलीलाई प्रचण्डको चेतावनीः तपाईंलाई अब म भित्तामा पुर्याउन सक्छु

ओलीलाई प्रचण्डको चेतावनीः तपाईंलाई अब म भित्तामा पुर्याउन सक्छु

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्तामा पु¥याइदिने चेतावनी दिएका छन्।

मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको प्रेस संगठनको भेलामा बोल्दै प्रचण्डले अब आफूले ओलीलाई भित्तामा पुर्याइदिन सक्ने वताए। ‘मैले जनयुद्धको नेतृत्व गरेको हो। कठोर हुन सक्छु’ उनले भने–‘तपाईंले प्रचण्डलाई प्रयोग गरेर माधव नेपाललाई भित्तामा पुर्याउँछु भन्ने ठान्नुभएको थियो। गल्ती गर्नु भयो। तपाईंलाई अब म भित्तामा पुर्याउन सक्छु।’

ओलीले लडाइँ हारिसकेको र कुपात्रका रूपमा इतिहासमा कलंकित भएर रहने प्रचण्डको भनाइ छ। उनले अहिलेको प्रतिनिधि सभा विघटन संविधान विघटनको सुरूआत भएको तर्क गरे। ‘प्रतिनिधि सभा विघटनको सिफारिसमा राजारमहाराजा गन्ध आएको छ। निरंकुशतामा देशलाई लैजाने प्रक्रिया सुरू भएको छ,’ उनले भने–‘मैले जनआन्दोलन, मधेश आन्दोलन जस्ता कुराको नेतृत्व गर्दै संघीयतासहितका परिवर्तन ल्याएको हो, अहिले तिनको हत्या हुन खोज्दा आक्रोश उत्पन भएको छ।’

केही दिनअघि प्रचण्डले शाकाहारी आन्दोलनले केही नहुने र आफूलाई लाठी खान मन लागेको बताएका थिए। प्रचण्डले उक्त अभिव्यक्तिमार्फत् हिंसात्मक आन्दोलनलाई प्रोत्साहन गरेको भन्दै आलोचना भइरहेको छ।

ओलीले नै आफुलाई धक्का दिएर माधव नेपालसँग पुर्याएको उनले तर्क गरे। ‘जुन दिन तपाईंले मेरो कुर्सी फेर्नुभयो त्यही दिनदेखि म आठ जनाका माझ पुगें,’ प्रचण्डले भने,‘तपाईंले त्यसो नगरेको भए म त भावुक मान्छे उतिबेलै लुटुपुटु भइहाल्थें। तपाईंको गल्तीको सामेल हुन सक्थें।’ उनले आफू भावुक भए पनि कठोर पनि हुन सक्ने बताए। 

विशेष