माइक्रो वस दुर्घटनामा ३ जनाको मृत्यु, ८ जना घाइते
विराटनगरबाट राजविराज जाँदै गरेको माइक्रो वस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
प्रदेश १–०२–११० ज ३८६८ नम्वरको माइक्रोले विपरित दिशाबाट आउँदै गरेको को३४प ४६९४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँँदा दुर्घटना भएको हो । मोटरसाईकललाई ठक्कर दिएको माइक्रो वस सडक किनारमा पल्टेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । सप्तरीको राजविराज–१ का २२ वर्षीय शंकर यादव, सुनसरीको ईनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल र पहिचान नखुलेका एक जनाको मृत्यु भएको जनाईएको छ ।
दुर्घटनामा विराटनगरका ५२ वर्षीय जय नारायण यादव, सप्तरीको मन्सापुरका ६० वर्षीया ईन्द्रमला देवी, राजविराज–७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल, सुनसरीको ईनरुवा–८ गणेशपुरका ५२ वर्षीय चन्द्र मेहता, भोक्राहाका १९ वर्षीय प्रशान्त यादव, प्रकाशपुरका २३ वर्षीय भरत यादव घाइते भएको प्रहरीले जनाएको छ ।
घाईते सवैलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाइएको छ।