माओवादी नीति छट्टु स्यालको जस्तोः घरधनीलाई चिल देखाउने आफु कुखुरा चोर्ने [भिडियो अन्तरवार्ता]
प्रचण्ड नक्कली कम्युनिष्टः माक्र्सवाद, हसियाँ हथौडा र माओवाद ट्रेडमार्क मात्रै
इतिहाँसविद् एवम् राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पुस्पकमल दाहाल प्रचण्डलाई नक्कली कम्युनिष्ट भएको आरोप लगाएका छन् । नेपाल आजसँगको विशेष कुराकानीका क्रममा डा. केसीले प्रचण्डले माक्र्सवाद, हसियाँ हथौडा र माओवादलाइै ट्रेडमार्कको रुपमा मात्रै प्रयोग गरेको र नेपालको माओवाद भनेको कम्युनिजमसँग सम्वन्धित विषय नै नभएको वताए ।
‘नेपालमा प्रचण्डले माओवादलाई कसरी प्रयोगमा ल्याए ?’ भन्ने प्रश्नमा उनले भने–‘चीनमा प्रयोगमा रहेको माओवादमा विदेशी हस्तक्षेप र साम्राज्यवाद विरुद्धको पोर्सनलाई हटाएर जे वाँकी रहन्छ प्रचण्डले त्यो रुपमा माओवादीलाई लागु गरे। अर्को शब्दमा चीनियाँहरु कृषीक्रान्ति पनि भन्छन्। गाउँले सशस्त्र जत्थाको गठन गरेर गुरिल्ला शैलीद्वारा गाउँले शहरलाई घेर्ने। ढाडमा टेकेर घिच्चुकमा हान्ने। यहाँका माओवादीले भनेका हुन्, यहि नै नेपाली धर्राको माओवाद हो। प्रचण्डले त्यहि वाटो अगाडि आउन खोजे सकेनन्। हात विसाए, सकियो।’
नेपालका माओवादी भारतले तयार गरेको जत्था भएको केसीले दावी गरे । ‘भारतले योजनावद्ध तालिम दिएर, सपोर्ट गरेर र सेल्टर दिएर नेपाल र नेपालीका आधारहरु तोड्न माओवादीहरुलाई प्रयोग गरेको थियो’ उनले भने–‘त्यो नाङ्गै छ तर यिनीहरु मान्दैनन्। जनयुद्ध गरेको र क्रान्ति गरेको भन्छन् अहिले पनि।’
भारतसँग सुरुङ्ग युद्ध गर्ने भनेर माओवादीले ‘छट्टु स्यालको जस्तो घरधनीलाई चिल देखाउने आफु कुखुरा चोर्ने’ नीति अवलम्वन गरेको केसीको भनाई छ । ‘सुरुङ्ग युद्ध भन्दो रछ, भारतसँग मिलेर नेपाल सिद्याउँदो र’छ’ उनले भने–‘ त्यो रछ नी त विषय त।’
प्रचण्डको पछिल्लो अभिब्यक्ति र कृयाकलापले पनि धेरै कुरा स्पष्ट हुने उनले वताए । ‘अहिले पनि यसरी लडिरहेका छन्। प्रचण्ड चै दिल्ली र वम्वईमा छटपटाईरहेको भन्ने सुनियो।’ उनले थपे–‘अस्ति उनले खुलमखुल्ला के भने भनें–भित्र आएर केपीलाई लाठो लगाई दिनु पर्यो, म प्रधानमन्त्री हुन पाईन। खुलमखुल्ला भने होईन त ? भयो त सुरुङ्ग युद्ध, यस्तै हुन्छ सुरुङ्ग युद्ध भन्या।’
प्रचण्ड एक जना क्याररिष्ट मात्र भएको उनको जिकिर छ। ‘माओ र माओवादलाई ट्रेडमार्क वनाएर नेपालको राज्य सत्तालाई उल्लेख्य मात्रामा धारासायी वनाए’ उनले भने–‘खाली भएको ठाउँमा अकन्टक रुपमा शासन गर्ने भन्ने उनको आशय थियो, केपी ओलीले त्यसलाई पनि धारासायी वनाई दिए । अव भविष्य के हुन्छ, हेर्दै जानु पर्छ ।’
चीनमा माओले मुलक पहिलो, कम्युनिष्ट पार्टी दोस्रो र कम्युनिष्ट आईडोलोजी तेस्रो नम्वरमा राखेर सोच्ने गरेका कारण क्रान्ति सफल भएको वताएका उनले हाम्रो देशका माओवादीको सोचाई यस्तो नभएको वताए । ‘यिनीहरु पहिला आफु, नभए स्वास्नी, त्यसपछि छोरो, छोरो नभए वुहारी, त्यसपछि छोरी। यसरी सोच्छन्’ उनले भने–‘यिनीहरुको सोचमा देश र जनता कति नम्वरमा छन् ?’
‘त्यसो त जनयुद्ध लड्दा नै हामी सवै जना सँगै गएका थियों भन्छननी त?’ भन्ने सवालमा केसी भन्छन्–‘त्यसो भए वरियता क्रममा पनि होलानी त ? त्यहि हो त वरियता ? ति सवै जनाको चै वरियताक्रम हुँदैन ?’
वर्षमान पुनः हारेर श्रीमतीलाई सभामुख वनाएको, मदन भण्डारी मरेकाले विद्या राष्ट्रपति भएको, प्रकाश दाहाल मरेर विना मगर मन्त्री भएको प्रसंग उठाउँदै उनले भने–‘मतपत्र च्यातेर छोरीलाई मेयर वनाईयो । यो कुरा मिल्छ त कतै ?’
‘प्रचण्ड र माओको समानता र के भिन्नता के छ’ भन्ने प्रश्नमा उनीहरुको विचमा तुलनै नहुने उनले वताए । ‘उनीहरुको तुलना त मैले देख्दा हुँदैन। किन भने माओ त लक्षसम्म पुग्न सफल भएको देखिन्छ। उनले माक्र्सवादलाई चीनीयाँ सन्दर्भमा ब्याख्या र विकसीत पनि गरेको देखिन्छ’ उनी भन्छन्–‘नेपालमा त्यहि चिजलाई प्रचण्डपथ भनेर अगाडि वढाउन खोजीयो, विचमा ड्रप गरियो। माओ चै चीनीयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गको अधिनायकत्वतर्फ अविचलीत अघि वढेको देखिन्छ। अव प्रचण्डसँग त यि सव कुरा केहि छैनन् नी। प्रोपोगाण्डाका रुपमा त्यसलाई विषय वनाएको चै देखिन्छ, त्यसपछि त उनी संसदिय दलदलमा फसेको देखिन्छ।’
प्रचण्ड पछिल्लो कालखण्डमा आएर छोरी, वुहारी र स्वास्नी वोकेर हिड्ने नेताको रुपमा अघि वढेको उनले वताए । ‘माओले यस्तो कहिलै गरेनन् । पछिल्लो कालमा चीनच्यान मोओकी तेश्रो श्रीमतीले राजनीतिमा वढि हस्तक्षेप गर्न खोजेको भन्ने थियो। तर उनको सेखपछि त्यो कमजोरीलाई पनि करेक्सन गरेको र आजको चीन निर्माण गर्न सफल भएको देखिन्छ।’ उनले भने–‘यहाँ त कम्युनिजम त कही विषय वस्तु नै छैननी । खाली प्रोपागाण्डा र ट्रेड मार्कको रुपमा माक्र्सवाद र हसियाँ हथौडा, माओवादलाइसमेत प्रयोग गरेको हो ।’
माओले माओवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा प्रयोग गरेको तर प्रचण्डले भने ट्रेडमार्कको रुपमा मात्रै प्रयोग गरेको उनले जानकारी दिए । ‘नेपालको माओवाद भनेको कम्युनिजमसँग सम्वन्धित विषय नै होईन’– उनले दावी गरे।
‘प्रचण्ड कम्युनिष्ट नभएर कांग्रेस भएको भए सफल हुन्थेकी हुँदैनथे ?’ भन्ने सवालमा यदि प्रचण्ड कांग्रेसमा हुन्थे भने जिल्ला कमीटिवाट माथी आउँनै सक्दैनथे भन्दै उनले अनुमान गरे। ‘कांग्रेस पार्टी भनेको त काईराला परिवारको विर्ता हो । कोईराला र कोरालाको नातेदार, कुलकुटुम्व भित्रको नभई त टाउकै उठाउन पाईदैन’ उनको भनाई छ–‘भनेपछि प्रचण्ड कसरी काठमाण्डौमा आइपुग्थे त। कुनै सम्भावना थिएन, चितवन मै सिद्धिन्थे। कुरा सकियो ।’
कांग्रेसमा शेरवहादुर केन्द्रिय नेतृत्वमा पुग्न कृष्णप्रसाद भट्टराई र गणेशमानले वलि दिनु परेको प्रसंग उठाउँदै केसीले भने –‘त्यसपपछि मात्रै शेरवहादुर भएका छननी। यदि त्यस्तो हुँदैनथ्यो भने शेरवहादुर भन्ने मान्छे नेपाली कांग्रेसको केन्द्रिय नेतृत्वमा आउने सक्दैनथे । त्यसैले प्रचण्ड त्यहाँ आईपुग्ने कुनै सम्भावना हुँदैनथ्यो। चितवनको जिल्ला कमिटिको रुपमा हुन्थे । उनको नाम नै हुँदैनथ्यो।’
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस्।
यो पनि
एमसीसीको प्रवर्धक भिम रावल अहिले सवैभन्दा ठुलो ‘एमसीसी विरोधी’ !
‘योगेश भट्टराईहरु राजावादीलाई ‘भुतप्रेत’ भन्थे, अहिले आफै मण्डलामा पल्याँटी कसेका छन्’