News राजनीति

मधेश आन्दोलनका अगुवा भन्छन्– प्रदेश सरकार नातावाद र कमिसनमा लिप्त

वीरेन्द्र रमण/जनकपुर

मधेश आन्दोलनका अगुवा भन्छन्– प्रदेश सरकार नातावाद र कमिसनमा लिप्त

वलिदानी दिवसको अवसर पारी सोमवार जनकपुरमा युवाहरुले ‘फण्डाफोर कार्यक्रम’ सम्पन्न गरेका छन्। प्रदेश सरकार र मधेश केन्द्रित दलहरुको गैरजिम्मेवारी र गलत क्रियाकलाप विरुद्ध फण्डाफोर कार्यक्रम आयोजना गरिएको हो।

०६३ माघको मधेस विद्रोहका क्रममा प्रहरीको गोली लागि मारिएका सिरहा निवासी रमेश महतोको सम्झानामा हरेक वर्ष माघ ५ गते वलिदानी दिवस मनाउने गरिएको छ । यस वर्ष प्रदेश सरकारले नै वलिदानी दिवस मनाईरहँदा युवाहरुले भने भण्डाफोर कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा मधेस आन्दोलनकै जगमा प्रदेश सरकार वनेपनि त्यसपछिका दिनमा आन्दोलनका एजेण्डालाई कहिले पनि नसम्झेको युवाहरुले वताएका छन् । सरकार नातावादमा फसेको उनीहरुको आरोप छ । अधिकांश वक्ताहरु प्रदेश सरकार विरुद्ध खनिएका थिए । 

मधेस आन्दोलनका अगुवा जानी खानले जनताको अधिकार र पहिचानका लागि सडक संघर्ष गरेपनि त्यसै आन्दोलनका वलमा वनेको सरकारले जनताका माग भुलेको वताए । आन्दोलनका एजेण्डालाई सरकारले नै अवमुल्यन गरेको भन्दै उनले दुखेसो गरे।  प्रदेश सरकार कमिसनमा लिप्त भएको र एजेण्डाबाट विमुख भएको उनको आरोप छ।

आन्दोलनका अगुवा दिपक झाले मधेस केन्द्रित दलहरु अहिले सत्ता र भत्तामा मात्रै भुलेको आरोप लगाए । मधेश आन्दोलनका शहिदलाई प्रदेश सरकारले नै अपमानति गर्ने गरेको पनि उनको आरोप छ । अर्का वक्ता सरोजकुमार मिश्रले मधेस आन्दोलनका क्रममा युवाहरुले महत्वपुर्ण भुमिका खेलेपनि प्रदेश सरकारको हरेक नियुक्तीमा नातागोतालाई मात्रै प्राथमकिता दिएको वताए । 

विशेष