सरकारको वजेट मठमन्दिरमा, इतिहाँस वोकेको विद्यालयमा शौचालय पनि छैन
वीरेन्द्र रमण/जनकपुर
कुनै बेला जनकपुरधामलाई शिक्षा र ज्ञानको केन्द्रको रुपमा चिनिन्थ्यो । त्रेता युगमा यहाँ ठूला–ठूला विद्वान र विदुषीहरु शास्त्रार्थकै लागि पुग्ने गर्थे भनिन्छ।
तर, प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधामको शिक्षा स्तर अहिले आएर खस्कदो छ । जनकपुरधामको सरसस्वती माध्यमिक विद्यालयलाई यसको उदाहरण हो। प्रदेश सरकारकारदेखि स्थानिय तहसम्मको वजेट शिक्षाभन्दा मठ÷मन्दिरमा केन्द्रित हुन थालेपछि जनकपुरको ऐतिहासिक विद्यालयहरुको दुरावस्था छ ।
विद्यालयमा हुने अत्याधिक राजनिति र दल पिल्छेका संगठनले पनि शिक्षाको गुणस्तरमा समस्या थपेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरकारी स्तरबाट ठोस योजना र प्रयासहरु नभएकै कारण यो विद्यालय दुरावस्थामा पुगेको अभिभावकहरु वताउँछन्।
कुनै बेला यो एउटा यस्तो विद्यालय थियो जहाँ विद्यार्थीहरु शैक्षिक रुपमा मात्र नभई राजनीतिक सामाजिक रुपमा समेत अब्वल हुन्थे । तर अहिले यो विद्यालयमा न शैक्षिक गतिविधि सोचे जस्तो छ, नत सामाजिक गतिविधि नै ।
जनकपुरधामको पुरानो विद्यालय मध्येको एक हो– सरस्वती माध्यमिक विद्यालयका भवनहरु अहिले जिर्ण बन्दै गएपछि त्यसको नाकारात्मक प्रभाव विद्यालयमा त परेको छ। त्यसमाथी शैक्षिक गतिविधि त झनै चौपट भएको उनीहरु वताउँछन्।
विद्यालयमा अहिले भौतिक पुर्वाधारको आभाव छ। जनकपुरधामको भविष्य सिगार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको यो विद्यालयप्रति स्थानिय जनप्रतिनिधिको समेत चासो देखिएको छैन। विद्यालयमा रहेको पुरानो भवन जिर्ण भएपछि कक्षा कोठा नवनिर्मित भवनमा सारिएको छ । यद्यपि विद्यालयमा न्युनतम भौतिक पुर्वाधार समेत नरहेकाले समस्या यथावत रहेको शिक्षकहरु बताउँछन् ।
राणा शासन बिरुद्धको आन्दोलनका क्रममा स्थानीय रामस्वरुप सागरले दिएको जग्गामा २००४ सालमा यो विद्यालयको स्थापना भएको थियो । नेपालमा भएका प्रजातान्त्रिक आन्दोलनमा यो विद्यालयको उल्लेख्य योगदान थियो। यो विद्यालयले उत्कृष्ट चिकित्सक, शिक्षक उत्पादन गर्नुका साथै देशको राजनीतिक बागडोर सम्हालेका कतिपय राजनीतिज्ञहरु समेत यस विद्यालयबाटै अध्ययन गरेको इतिहास छ ।
यो ऐतिहासिक विद्यालयमै संघिय गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधि, उपप्रधामन्त्री ईश्वर पोखरेल लगायतका नेताहरुmले अध्ययन गरेका थिए । विद्यालयले विभिन्न क्षेत्रका मेधावी व्यक्तित्व तयार पारेपनि कुनै पनि पूर्व विद्यार्थीहरुले यस विद्यालयको खस्कदै गईरहेको अवस्थाप्रति चासो नलिएको विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डल बताउँछन् । ‘विद्यालयले कयौँ राजनीतिज्ञ तयार गर्यो, कयौँ चिकित्सक÷इन्जिनियर बने’ उनले भने–‘तर विद्यालयको दुरावस्थाप्रति कसैले चासो दे्खाएनन् ।’
पूर्व राष्ट्रपति डा. रामवरण यादव अनुगमनका क्रममा विद्यालयमा पुग्दा दुःखी भएको उनले वताए । ‘उनकै पहलमा विद्यालयमा अहिले ८÷८ कोठे २ वटा भवन निर्माण भएको छ’ उनले भने–‘त्यसैमा अहिले विद्यार्थीहरु जसोतसो अध्ययन गरिरहेका छन्।’
काम चलाउनका लागि विद्यालय भवन निर्माण भएपनि शौचालयको समस्या ज्यूका त्यूँ रहेको मण्डलले वताए । ‘प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छात्राहरुलाई साइकल वितरण गर्यो, तर एउटा शौचालय पनि वनाई दिउँ भनेर कसैले सोचेन’ उनले भने–‘हामीले यस विषयमा कुरा पनि राख्यौं, तर सुनुवाई भएको छैन ।’
सामाजिक विकास मन्त्रालयले महिला मैत्री शौचालय बनाई दिने प्रतिवद्धता ब्यक्त गरेकै २ वर्ष बितेको जानकारी दिएका उनले अहिलेसम्म सुरसार पनि नगर्दा विद्यार्थीले हैरानी पाएको मण्डलले गुनासो गरे ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको यो विद्यालयमा हालसम्म कसैले पनि चासो नदेखाएको स्थानियवासीहरुले दुखेसो गरे। प्रदेश २ का आन्तरिक मामलिा तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको क्षेत्रमा रहेको विद्यालय अहिले भौतिक विकास र शिक्षक विकासको पर्खाईमा रहेको छ । तर, राजनितिक पुर्वाग्रहका कारण यस वडामा जनकपुरधाम उपमहानगरपालिकाले पनि बजेट वडाध्यक्ष परमेश्वर साहले आरोप लगाए ।
जनकपुरधामको मात्र नभएर प्रदेशकै शैक्षिक इतिहास बोकेको सरस्वती विद्यालयमा अहिले ८ सय ८५ जना विद्यार्थीहरु अध्ययनरत छन ।