वाहिर भईरहेका गतिविधिले इजलास प्रभावित हुदैनः प्रधानन्यायाधीश जबरा
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानीक इजलासमा चलिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले अदालत वाहिर भईरहेका गतिविधिले इजलास प्रभावित नहुने वताएका छन् ।
वहसको सुनुवाइका क्रममा रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने भनेर ठोकुवा गरिरहेको बताएपछि राणाले उनलाई रोकेर अदालत बाहिरका कुराबाट प्रभावित नहुने बताए ।
न्यौपानेलाई रोक्दै प्रधानन्यायाधीश जबराले भने, ‘बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं ।’
बाहिरको कुराबाट प्रभावित नहुने कुरा राणाले यसअघि चार पूर्वप्रधानन्यायाधीशको वक्तव्यका सन्दर्भ इजलासमा उठ्दा पनि प्रष्ट्याएका थिए ।
संवैधानिक इजलासमा बुधवारदेखि एकजना वकीलले आधा घण्टा भन्दा बढी बहस गर्न नपाउने व्यवस्था गरिएको छ ।