चीनको अघोषित नाकाबन्दी प्रति उद्योगमन्त्रीको असन्तुष्टि
नेपालले वैकल्पिक व्यापारिक बजारका रूपमा प्राथमिकता दिएको चीनसँगको व्यापारमा असहजता विषयमा उद्योगमन्त्री लेखराज भट्टले असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यक्रममा दक्षिणी छिमेकी देश अप्ठेरो अवस्थामा पनि जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि जनाए । उनले चीनको ब्यवहारका कारण व्यापार नीतिमा नै पुनर्विचार गर्नुपर्ने अवस्था आएको पनि वताएका छन् ।
चीनले गत वर्षको पुसदेखि नै विभिन्न बहानामा नाकामा अवरोध गरेको थियो । यसबीचमा उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका साथै अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभाग र परराष्ट्र मन्त्रालयले समेत औपचारिक–अनौपचारिक रूपमा व्यापार खुलाउनका लागि चीनसँग आग्रह गरेका थिए ।
व्यापारीको गुनासोपछि गत असोजको अन्तिममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत केरुङ र तातोपानी नाका निरीक्षणका लागि पुगेका थिए ।
केहि वर्ष अघिसम्म चाईना–नेपाल ब्यापारका लागि एक मात्रा नाकाको रुपमा रहेको सिन्धुपाल्चोक स्थित तातोपानी भन्सार यतिवेला सुनसान छ ।
नेपालको राजनीतिक खिचातानीमा आफनो प्रभुत्व जमाउन दवाव दिने उदेश्यले चाईनाले सुरु गरेको अघोषित नाकावन्दीका कारण भन्सारमा चहलपहल कम भएको हो । कर्मचारी कामविहिन छन् । सामान आयात निर्यातमा अवरोध आएपछि घाम तापेर वस्नु परेको कर्मचारीहरु नै वताउँछन् ।
नाकामा अवरोध सुरु भएपछि नेपालको ब्यापार पुर्णतया प्रभावित छ । ब्यवसायीको विचल्ली भएका छ भने उपभोक्ता मारमा परेका छन् । सामान अभाव हुन थालेपछि उपभोक्ताहरु चर्को मुल्यमा सामान खरिद गरीरहेका छन् । अर्कोतर्फ कतिपय ब्यापारी आफै विस्थापित भएका छन् भने केहि ब्यापारीले आत्महत्या पनि गरेको जनाईएको छ।
तातोपानी भन्सार कार्यालयमा हाल एक सय कन्टेनर जाँचपास र ३ सय कन्टेनर स्टकमा राख्न सक्ने क्षमता छ । तर, अहिले दिनमा २÷३ वटा कन्टेनर मात्रै आउने गरको प्रमुख भन्सार अधिकृत लालवहादुर खत्री वताउँछन् ।
०७२ सालको भुकम्पपछि हालसम्म पनि नाका सहज रुपमा संचालनमा आउन नसकेको उनले जानकारी दिए । ‘भुकम्पको चार वर्षपछि मात्रै नाका सञ्चालनमा आयो । तर, त्यस लगत्तै कोरोना संक्रमणको त्रासले नाका सहज रुपमा सञ्चालन हुन सकेको छैन’ उनले थपे–‘त्यसमा पनि आयात मात्रै छ। निर्यात छैन।’
०७२ सालअघि जो सुकै पनि जान सक्ने र सामान किनेर ल्याउन सक्ने अवस्था भएपनि अहिले त्यो अवस्था÷सुविधा नभएको उनको भनाई छ ।
यो पनि
मदिराले लट्ठ भएर नेपालीलाई थर्काउछन चीनियाँ प्रहरी
एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी