News राजनीति

प्रदेश २ मा मुख्यमन्त्री र मन्त्रीविच मै भागवण्डाको रडाको, रोकियो नियुक्ति

प्रदेश २ मा मुख्यमन्त्री र मन्त्रीविच मै भागवण्डाको रडाको, रोकियो नियुक्ति

वीरेन्द्र रमण/जनकपुर

मुख्यमन्त्री र मन्त्रीहरु विच भागवण्डा नमिल्दा प्रदेश २ मा विभिन्न राजनीतिक नियुक्तीहरु रोकिएका छन् ।

समाजवादी पार्टी र राजपा नेपाल एकिकरण भएर जसपा नेपाल बनेपनि मन्त्रीहरु बिचमा नै गुटबन्दी छ। आ–आफनो व्यक्तिलाई नियुक्ती गर्ने परिपाटीले मन्त्रीहरुकै विचमा पनि विवाद छ। प्रदेश– २ को नीति तथा योजना आयोग करिब एक वर्ष देखि सदस्य विहिन छ । मुख्यमन्त्री अध्यक्ष रहेको आयोगमा प्रदेश सरकारबाट नियुक्त १ उपाध्यक्ष, १ महिला सहित बढीमा ६ सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहनेगरी समावेशीकरणको सिद्धान्त बमोजिम बढीमा ८ जनाको आयोग गठन हुने व्यवस्था छ ।

आर्थिक वर्ष २०७४/७५ मा १ उपाध्यक्ष र १ सदस्य नियुक्ति भएकोमा आर्थिक वर्ष २०७५/७६ मा ३ सदस्य थप भई पदेन समेत ७ सदस्यीय आयोग गठन भएको थियो । सोही वर्ष सबै सदस्य दफा १५ बमोजिम हटाईएको थियो। हाल १ जना उपाध्यक्ष मात्र कार्यरत छन् ।

तत्कालिन उपाध्यक्ष डा. हरिवंश झा सहित सबै सदस्यहरुलाई हटाईएर उपाध्यक्षको नियुक्ती गरिएपनि हालसम्म सदस्यहरुको नियुक्ती भने गरिएको छैन । पार्टी भित्रको आन्तरिक किचलोले नियुक्ती रोकिएको हो । सदस्यहरुको नियुक्ती नगरिएका कारण काम गर्न समस्या देखिएको निति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले बताए।

त्यसैगरि प्रादेशकि अस्पताललाई प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको मान्यता दिदै ऐन बनाएपनि पदाधिकारी नियुक्तीमा मुख्यमन्त्री र मन्त्रीहरुको बिचमा विवाद देखिएको छ । प्रतिष्ठानको कुलपति मुख्यमन्त्री रहने प्रावधान छ । उपकुलपति, रजिष्टाचार, रेक्टर, डाईरेक्टर नियुक्ती प्रदेश सरकारले गर्ने ब्यवस्था छ । तर अहिलेसम्म त्यो प्रक्रिया अगाडि बढन सकेको छैन । भीसीका लागि डा. रामकेवल साहको नाम चर्चामा छ ।

समाजिक विकास मन्त्री नवलकिसोर साह निकट मानिएका उनको नियुक्तीको लागि मन्त्री साहले जसरीपनि हुनु पर्ने अडान राखेका छन् । त्यसैगरी डा.सुधिर सिंह, डा.विएन यादवको नाम पनि भिसीमा चर्चामा रहेको छ । विवाद बढेपछि कपितयले विज्ञापन गरिनुपर्ने तर्क गरिरहेका छन् । मुख्यमन्त्री लालबाबु राउतले भने प्रतिष्ठानको नियुक्ती विज्ञान मार्फत नहुने बताएका छन् ।

यसैविच प्रदेश सरकारले मिडिया काउन्सिल, संचार प्रतिष्ठान तथा चलचित्र विकास बोर्डको अध्यक्षको विज्ञापन गरेको छ । मन्त्री र मुख्यमन्त्री बिचमा नै विवाद देखिएपछि मुख्यमन्त्री लालबाबु राउतले नचाहदा पनि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले विज्ञापन प्रकासित गरेका हुन । मिडिया काउन्सिलमा शिवहरि भटटराई, नवलकिसोर यादव, धुव्र साहको नाम चर्चामा छ ।

त्यस्तै मिडिया प्राधिकरणमा तुला नारायण साह, श्यामसुन्दर तथा चलचित्र विकास बोर्डमा धर्वेन्द्र मरवैताताको नाम चर्चामा छ । मन्त्रालयले अध्यक्षको उम्मेदवारहरुलाई आ आफनो योग्यता सहित विज्ञापन भर्नको लागि आह्वान गरेको छ ।
 

विशेष