संसद विघटनको निर्णयले ‘कु’ भयो भन्नु निरर्थक: कमल थापा
राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्नु वा ‘कु’ भयो भन्नु निरर्थक रहेको वताएका छन् । ताजा जनादेशमा जानु नै अहिले उपयुक्त हुने उनको भनाई छ ।
विभाजित नेकपाको प्रचण्ड–माधव पक्ष र जसपाको बाबुराम उपेन्द्र पक्षले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम र प्रधानमन्त्रीले संविधानको वलात्कार गरेको आरोप लगाइरहेका बेला थापाको यस्तो भनाइ आएको हो ।
सामाजिक सञ्जालमार्फत पछिल्लो विवादबारे टिप्पणी गर्दै थापाले पछिल्लो घटनाक्रमले १४ वर्षको अभ्यास, संविधानभित्रको अन्तरविरोध, भ्रष्टाचार कुशासनले अहिलेको व्यवस्थाको औचित्यमाथि प्रश्न उठाएको बताएका छन् ।
‘संसद विघटनवारे विवाद/फरकमत हुनु स्वाभाविक छ, तर विघटनको निर्णयले प्रतिगमन भयो, ‘कु’ भयो, संविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘बरु गत १४ बर्षको अभ्यास, संविधानभित्रको अन्तर्विरोध, भ्रष्टाचार÷कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेकोछ। यो अवस्थामा ताजा जनादेश उपयुक्त छ।’