News

पार्टीका नेतालाई देखाइदिन प्रतिनिधिसभा विघटनः वरिष्ठ अधिवक्ता भण्डारी

पार्टीका नेतालाई देखाइदिन प्रतिनिधिसभा विघटनः वरिष्ठ अधिवक्ता भण्डारी

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पार्टीभित्रका नेताहरूलाई देखाइदिनका लागि ओलीले प्रतिनिधिसभा विघटन गरेको वताएका छन् । पार्टीभित्रको विवादमा प्रतिनिधिसभा विघटन गरेको उनको भनाई छ ।

बुधबार भएको सुनुवाइमा बहस गर्दै  ९५ वर्षीय भण्डारीले जनताको वारिसको रूपमा रहेको संसदलाई प्रधानमन्त्रीले सकाएकोमा आफूलाई दुःख लागेको बताए। ओलीले सर्वसत्तावाद लाद्न जनताले दिएको सार्वभौम अधिकार मिचेको उनको तर्क छ। 

मनमोहन अधिकारीले गरेको विघटनमा सर्वोच्चले गरेको व्याख्या पढ्न उनले इजलासलाई सुझाए। संसदलाई पाँच वर्ष काम दिनुपर्ने र प्रधानमन्त्रीले संसदको विश्वासमा काम गर्नु पर्ने उनले बताए। 

’उहाँले जनताको वारेस (संसद्) को विश्वासमा काम गर्नु पर्छ । जब अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा भयो संविधानमा नभएको अधिकार प्रयोग गरेर जनताको वारेसलाई स्वाहा गर्ने ?’– उनको प्रश्न छ।

केपी ओली प्रधानमन्त्री मात्रै नभएर नेकपाको अध्यक्ष पनि भएकाले पार्टीले कारबाही गर्न पाउने भण्डारीको भनाइ थियो । उनले आफूलाई कारबाही गर्न खोज्दा जनप्रतिनिधिको संस्था संसद्माथि प्रहार गर्नु गैरसंवैधानिक भएको बताए ।
 

विशेष