आफ्नै पार्टीका नेताहरुको तरंगित र जंगली महत्वकांक्षाका कारण दुर्भाग्य निम्तियो : इश्वर पोखरेल
नेकपा नेता तथा मन्त्री ईश्वर पोखरेलले देशमा दुर्भाग्य निम्तदै गरेको वताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकटहरूको राजधानीमा जारी भेलामा बोल्दै पोखरेलले यस्तो वताएका हुन् ।
आफ्नै पार्टीका नेताहरूको तरंगित र जंगली महत्वकांक्षाका कारण अहिलेको दुर्भाग्य निम्तिएको उनले बताए । ‘मैले कसैलाई आछेप लगाउन खोजेको होईन । हाम्रै पार्टीभित्रका केहि नेताहरुको तरंगित मनस्थिती र जंगली महत्वकांक्षाका कारण दुभाग्ई निम्तदैछ’ प्रचण्ड–माधव नेपालतर्फ संकेत गर्दै उनले भने–‘पद प्राप्तिका लागि जे सुकै गर्ने र पुरा भएन भने जस्ता सुकै कार्य गर्न पछि नपर्नेहरुका कारण यो अवस्था आउँदैछ।’
अहिले गम्भिर संकट आई परेको वताएका उनले भने–‘दुईटा पार्टी मिलेर तीन वर्षअघि पार्टी एकता भएको थियो। तेतिवेला नेपालभरीका जनता, कम्युनिष्ट कार्यकर्ता खुसी भएका थिए । नेपालको कायाकल्प गर्ने विश्वास गरेका थिए। हामी पनि खुसी थियौ’ उनले भने–‘त्यतिवेला हाम्रो निस्कर्ष थियो–यो एकता जनताको चाहाना हो। यो एकताले दशकौ देखिको राजनितिक अस्थिरताको दुर्भाग्य भोगेको देशले स्थायित्व पाउने आशा गरेका थियौ । तर एकताको तीन वर्ष वितेको छैन, यो दुर्भाग्य निम्तदैछ। हामी भित्रै रहेका, हाम्रै नतृत्वमा रहका साथीहरुवाट दुर्भाग्य निम्तदैछ।’
नेकपामा आएको वर्तमान अवस्था अचचानक आएको नभई पार्टी एकता गर्दाकै समयमा रहेको भ्रुण वढेर अहिलेको अवस्था आएको उनले वताए । ‘संसद विघटन र ताजा जनादेशको कुरा गरेपछि यो आचानक आएको अवस्था होकी भन्ने लाग्न सक्छ। यसो भनेर मन दुखाउने साथीहरु पनि देखेको छु। तर, यथार्थ त्यो होईन’ उनले थपे–‘घटनाहरु एक्लाएक्लै प्रकट हुदैनन। अन्तर सम्वन्धमा आउँछन्। हिजो भ्रुणहरु थिए, त्यहि भ्रुण वढेर पार्टी विभाजनको अवस्थामा पुगेको हो ।’
प्रचण्डले पार्टी एकताकै समयदेखि घात गर्दै आएको पोखरेलले आरोप लगाएका छन् । ‘निर्वाचनका तीन वटा आधारमा नेताहरुले सहमति गरेका थिए । दुईटै पार्टीको एउटा मोर्चा र साझा घोषणा पत्र वनाउने, एउटै उम्मेदवार र एउटै चुनाव चिन्हमा अगाडि वढ्ने तथा चुनाव लगत्तै एउटै पार्टी वनाउने सहमति थियो’ उनले भने–‘तर, निर्णयको २४ घण्टा नवत्दै लत्याइयो। चुनाव चिन्ह अलग–अलग गर्नु पर्छ भनेर प्रचण्डले नै सुनाए। अप्रिय लागेर पनि हामीले सह्यौ।’
प्रचण्डले यस्ता घात निरन्तर गर्दै आएको र त्यसको परिणाम अहिले देखिएको उनको भनाई छ ।