News राजनीति

केपी ओली कुलकै कुलंघार: नेता नेपाल

केपी ओली कुलकै कुलंघार: नेता नेपाल

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विहिवार आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् ।

केपी ओली पूर्वएमालेमा पनि घाँडो र पार्टी एकिकरण पछि पनि घाँडो भएको भन्दै नेपालले आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा गरे।

तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण सोधेको तर, ओलीले जवाफ दिने आँट नगरेको वताएका उनले अव साधारण सदस्य समेत नरहने गरी केपी ओलीलाई निस्कासन गर्ने वताए ।

अधिकार क्षेत्र बाहिर गएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताउँदै नेता नेपालले ओलीलाई कुलकै कुलंघार भएको आरोप लगाए। केपी शर्मा ओलीको संसद विघटनको पक्षमा कुनै पनि राम्रो मान्छे नउभिएको भन्दै नेपालले भने, ‘असल मान्छेलाई सोध्नु, आन्दोलनमा लागेका यौद्धालाई सोध्नु केपी ओली कुल कै कुलंगार हुनपुगे। पार्टीको कलंकी व्यक्ति भए। संविधान कुल्चिए।’

उनले केपी ओलीसँग गुटवादी प्रवृत्ति भएको समेत आरोप लगाए । केपी ओलीले अन्याय र अत्यचारमात्र गर्ने गरेको नेपालको दावी थियो। त्यस्तै, उनी २०२८ सालमा झापाबाट भागेर हिंडेको भगौडाको समेत संज्ञा दिएका थिए। झापामा सिपी मैनाली, झलनाथ खनाल, मुकुन्द न्यौपाने जस्ता नेतासँग मिल्न नसकेर भागेको आरोप नेता नेपालले लगाए। 
 

विशेष