News

कोरोनाविरूद्धको खोप उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी

कोरोनाविरूद्धको खोप उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी

कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आगो निभाउन १ दर्जन दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

सेरमले भारतमा अक्सफोर्ड–अष्ट्राजेन्काले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन उत्पादन गरिरहेको छ। बिहीबार नेपाल आएको १० लाख डोज भ्याक्सिन मध्ये सेरमले बनाएको खोप पनि छ। सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो।

विशेष