News राजनीति

हामी कुर्सी भन्दा पनि ‘देशलाई के हुन्छ’ भन्ने चिन्तामा छौंः रामचन्द्र पौडेल

हामी कुर्सी भन्दा पनि ‘देशलाई के हुन्छ’ भन्ने चिन्तामा छौंः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुहरुले कुर्सीको लागि मात्र राजनीति नगरेको वताउँदै कुर्सी भन्दा पनि ‘देशलाई के हुन्छ’ भन्ने चिन्ता लागेको वताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अहिलेको सरकारले विग्रहको बाटो समाएर नेपाललाई विग्रहको भूमि बनाउने काम भएको उनले आरोप लगाए । ‘अब चुनाव होला र कुर्सीमा हामी पुगिन्छ भन्नेमा छैनौं। देशलाई के हुन्छ भन्ने हाम्रो चिन्ता हो’ उनले भने–‘अस्थितरता भए मुलक पछाडि धकेलिन्छ । हामीले कुर्सीको लागि मात्र राजनीति गरेको हैन ।’

प्रतिनिधिसभा विघटनलाई अदालतले स्वीकार गर्न नहुने पनि उनले वताए । अदालतले जनताको भावनाको कदर गर्दै लोकतन्त्रको रक्षाका लागि न्यायोचित कदम चाल्नुपर्ने उनको भनाई छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेको उनले बताए । सरकारले जनताको मतदानमाथि अपमान गरेको बताउँदै उनले सरकारले जनतालाई छातीमा लात हानेर दुहाई दिने काम गरेको बताए । 
 

विशेष