News अपराध सुरक्षा

मिक्लाजुङका शिक्षकको हत्या आरोपी विक पक्राउ

मिक्लाजुङका शिक्षकको हत्या आरोपी विक पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विकलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । 

बुढीगंगा गाउँपालिका ४ बाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि गएको मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोप छ ।

प्रहरीका अनुसार हत्या आरोपमा उनी प्रतिवादी हुन् । अहिलेसम्म शिक्षक हत्या आरोपमा अरु कोही पक्राउ नपरेको मोरङ प्रहरीले जनाएको छ ।

आफ्नो पाटीविरुद्ध सुराकी गरेको भन्दै चन्द समूहले शिक्षक श्रेष्ठको विभत्स हत्या गरेको थियो ।

उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

विशेष