News यौन-शिक्षा

धार्मिक पर्यटकिय स्थलमा टिकटकले वढायो अस्लिलता

वीरेन्द्र रमण

धार्मिक पर्यटकिय स्थलमा टिकटकले वढायो अस्लिलता

जनकपुर- प्रदेश–२को धार्मिक पर्यटकिय स्थलहरुमा अहिले टिकटक बनाउनेहरुको भिडभाड छ। टिकटक वनाउने क्रमा अस्लील गतिविधि पनि  वढेका छन् । 

युवाहरुको ठुलो जमात जनकपुरका विभिन्न धार्मिक स्थलहरुमा भोजपुरी अस्लील गितहरुमा टिकटक बनाउने गरेको पाइएको छ । जनकपुरको प्रसिद्ध धार्मिक स्थलहरु जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डपमा समेत भोजपुरी गितहरुमा टिकटक बनाउने गरिएको छ ।

धार्मीक तथा पर्यटकिय स्थलहरुमा टिकटकका नाममा वढेको विक्रिती विरुद्ध स्थानीय युवाहरु भने आक्रोशीत भएका छन् । युवाहरुले सामाजिक संजालमै टिकटक विरुद्ध अभियान सुरु गरेका छन् । सामाजिक संजालमा धार्मिक स्थलहरुमा हुने गरेको गतल कृयाकलाप रोक्न स्थानीय प्रशासन र जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउन थालेका छन ।

स्थानिय युवा दिपक चौधरीले सामाजिक संजालमा लेखेका छन–‘जनकपुरधामको पबित्र धार्मिक स्थल जानकी मन्दिर बिबाह मन्डप, जानकी मन्दिरको संग्रहालयको छत, भूतनाथ मन्दिर, गंगासागर, रेलवे स्टेशन, मनी मंडप जस्ता पर्यटकीय स्थल तथा सर्बसाधारणको भीड़भाड़ हुने ठाउहरुमा मनोरञ्जन(त्क्ष्प्त्इप्) को नाममा केटाकेटीहरुले गरेको अस्लिल हर्कत गम्भीर अपराध हो । यस्ता केटाकेटीहरुलाई पक्राउ गरि उनको अभिभाबक लाई बोलाइ यस्तो काम फेरी नगर्न प्रतिबद्धता गराई समझाऊन स्थानीय प्रशासनसँग माग गर्दछु।’ 

यतिमात्रै होईन, प्रदेश–२ को प्रदेश सभामा समेत टिकटक बनाउनेको भिड लाग्ने गरेको छ । मर्यादा पालकहरुनै हिन्दी र भोजपुरी गितहरुमा प्रदेश सभा परसिर भित्रै टिकटक बनाउन भिडने गरेको प्रत्यक्षदर्शीहरु वताउँछन् । मर्यादा पालकलाई दिएको पोसाकमा नै उनिहरुले टिकटक बनाउनले गरेको उनीहरुको भनाई छ।
 

विशेष