तराई मधेसमामा चिसोले जनजिवन प्रभावित, ५ जनाको मृत्यु
जनकपुर– तराई मधेसका जिल्लामा केही दिनदेखि वढेको चिसोका कारणले जनजिवन प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरोले सर्वसाधारण पीडित भएका छन् ।
चिसोले विशेष गरेर वृद्धवृद्धा र बालबालिकाहरु बढि प्रभावित भएका छन । विपन्न समुदायमा चिसोको प्रकोशप अझै वढि छ। जनकपुर, लहान, सिरहा, राजविराज, विरगञ्ज लगायतका मुख्य बजारमा सर्वसधारणहरुको चहलपहल घटेको छ ।
चिसोले हालसम्म प्रदेश–२ मा ५ जनाको मृत्यु भईसकेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईले चिसोको कठग्रीएर ३ जनाको मृत्यु भएको छ भने आगोमा जलेर २ जनाले ज्यान गुमाएका छन्।
सर्लाहीका दुई जना र बाराका एक जनाको कट्याङ्ग्रीएर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी चिसोको समयमा घुर ताप्ने क्रममा सल्कीएर घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ। दुवै जना सिरहाको रहेको प्रदेश प्रहरी कार्याले जनाएको छ । जाडो हटाउन बिभिन्न स्थानमा दाउरा वितरण थालिएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लामा दाउरा वितरण सुरु गरिएको प्रहरीले जनाएको छ ।
यसबाहेक कतिपय जिल्लामा न्यानो कपडा वितरण गर्ने निर्णय पनि भएको छ । कतिपय जिल्लामा भने आगो नै प्राथमिकतामा परेको छ। चिसोले तरकारी किसानलाई हैरानी भएको छ । पुस अन्तिम सातादेखि लगातार बढेको बाक्लो हुस्सुसँगैको तुसारोले हरियो तरकारीमा रोग लाग्न थालेको एक किसानले वताए ।