आत्मा वेचेको मान्छे नर्कमा पर्छ, कुनै घाटमा नुहाएपनि फर्किन सक्दैनः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पित पत्रकारीता देशको ठुलो समस्याका रुपमा रहेको वताएका छन् ।
प्रेस संगठन नेपालको ओली पक्षीय भेलालाई विहीवार काठमाडौंमा सम्बोधन गर्दै ओलीले यस्तो वताएका हुन् । ‘देशको ठुलो समस्या पित पत्रकारीता हो’ उनले भने–‘राम्रो देख्नु पर्छ पर्छ आँखा छोप्छु, राम्रो सुन्नु पर्छ भने कान छोप्छु, राम्रो वोल्नु पर्छ भने मुख थुन्छ भन्ने केहि छन् । त्यस्ताका कारण अहिले समस्या भईरहेको छ।’
मान्छेले आत्मा वेचेपछि नर्कमा जाने र नर्कमा गईसकेपछि गलत काममै रमाउने गरेको उनले वताए । ‘जव मान्छे आत्मा वेच्छ, त्यसपछि नर्कमा पर्छ’ उनले थपे–‘त्यसपछि फर्किनै सक्दैन।
कुनै घाटमा, तिर्थमा नुहाउनुहोस, योग गराउनोस, ध्यान गराउनोस आत्मा वेचेको मान्छे नर्क गईसकेपछि फर्किनै सक्दैन।’
ओलीले आफू निसन्तान हुनुमा हिनताबोध नभएको तर प्रचण्डले आफ्ना छोरीज्वाइँलाई अवसर दिएर आफ्नो आह्वानमा जीवन दिने योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाए। परिवारवाद र नातागोताको कुरा गर्दा आफूलाई केपी ओलीका छोराछोरी छैनन् भनेर प्रचण्डले जवाफ दिएको भन्दै कटाक्ष गरेका हुन् ।
‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन् ज्वाइँ छन् हेर्नै प¥यो । छोरीलाई मेयर बनाउनै प¥यो, मतले नपुगे मतपत्र च्यात्नै प¥यो । ज्वाइँलाई घरघडेरी किन्दिनै प¥यो । मेरा त सन्तान छन् दिन्छु भनेछन् एकजनाले । गज्जब बहादुर हो । ससुरो होस् त्यस्तो होस्’– उनले भने।
देशका सबै केटाकेटीलाई आफ्नै सन्तान मानेको भन्दै ओलीले आफू निसन्तान हुनुमा हर्ष वा विस्मात नरहेको बताए । तर प्रचण्डलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी कहाँ छन् ? भनेर प्रश्न गर्दै ओलीले ज्यान दिने बेला आफ्ना छोराछोरी विदेशमा राखेको टिप्पणी गरे ।