जनताको सरकार आउँछ र ओलीलाई कारवाही गर्छः प्रचण्ड
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले छिट्टै जनताको सरकार आउने र ओली तथा ओली गुटलाई कारवाही गर्ने वताएका छन् ।
ओली सरकार र ओलीका साईवर सेनाले कर्मचारीलाई आन्दोलनमा गए कारवाही गर्ने धम्कि दिने गरेको वताउँदै यति त्यस्तो भए आउने जनताको सरकारले ओलीलाई कारवाही गर्ने वताए । ‘कर्मचारीलाई आफूहरूको आन्दोलनमा नजान भन्दै सरकार र सरकारका मानिसहरूले धम्की दिने गरेको सुनेको छु’ राजधानीमा आयोजित जनसभामा बोल्दै उनले भने–‘म यो मञ्चबाट केपी र उनका गुटलाई चुनौती दिन चाहन्छु–एउटालाई छोएर देखाऊ।’
‘ओलीका साईवर सेनाले कर्मचारी र पेशाकर्मीहरू सहभागी हुनेहरूलाई रेकर्ड राख्ने रे’ प्रचण्डले भने–‘अनि कारबाही गर्ने भनेर धम्की दिएको मैले सुनेँ।’ उनले कर्मचारीलाई नडराउन पनि आग्रह गरे। केपी ओलीको कदमलाई सही ठहर्याउने काम भयो भने शान्ति प्रक्रिया डिरेल हुने चेतावनी उनले दिएका छन् ।
‘यो देशमा फरि युद्ध होस, हिंसा होस, अराजकता होस भन्ने कसैले पनि चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधिस कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ भन्ने कल्पना पनि गर्न सक्दिन’ उनले भने–‘तर केपी ओलीको स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने फेरि युद्धमा जाने, हिंसाको कुरा पनि छैन । शान्तिपूर्णरुपमा यसैगरि लाखौं लाख जनता उरालेर निरंकुशता सच्याउनेमा मेरो निरन्नर प्रयास भइराख्छ ।’