सिमामा रोकिएन तस्करी, १९ लाख रुपैयाको समान बरामद
जनकपुर– नेपाल भारत सिमानाका बन्द भएकै वेला पनि चोरी तस्कारी रोकिएको छैन । यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको करिब १९ लाख रुपैया बरामदको सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ ।
माघ ४ गते ५ लाख ५० हजार बरावरको ट्रयाक्टरका पार्टपुर्जा, माघ ६ गते ७६ हजार ७ सय बरावरको लत्ताकपडा, माघ ९ गते १३ लाख ३२ हजार २ सय बरावरको लत्ताकपडा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको सम्ममा सामान जनकपुर भन्सार कार्यालयमा वुझाईएको जनाईएको छ ।