News राजनीति

अविश्वास प्रस्तावमा निर्णय गर्ने अधिकार संसदिय दललाई दिने देउवाको धारणा

अविश्वास प्रस्तावमा निर्णय गर्ने अधिकार संसदिय दललाई दिने देउवाको धारणा

मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका बागमती र प्रदेश नम्बर १ मा नेकपाको कुन समुहलाई सहयोग गर्ने भन्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसँग छलफल गरेका छन्।

बागमती प्रदेशमा नेकपाका प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। सोहि विषयमा पार्टीको आधिकारीक धारणा वनाउन देउवा निवास बुढानिलकण्ठमा शुक्रबार छलफल भएको हो । 

दुवै प्रदेशका विषयमा छलफल भएपनि निर्णय भने नभएको छलफलमा सहभागी कांग्रेसका एक जना केन्द्रीय सदस्यले जानकारी दिए ।

देउवाले सम्बन्धित प्रदेशलाई नै त्यस प्रदेशका विषयमा निर्णय गर्न अधिकार दिने सोच वनाएका छन् । संसदीय दलको बैठक गर्ने र संसदीय दलको निर्णयअनुसार पार्टीले औपचारिक निर्णयहरू गर्ने उनको तयारी छ।

कांग्रेसको प्रदेशमा पार्टी संरचना छैन। प्रदेशमा के गर्ने भन्नेबारे केन्द्रीय समितिबाटै निर्णय गर्नु पर्ने हुन्छ। कांग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गते बस्दैछ।

बागमती र प्रदेश नम्बर १ मा नेकपाका जुन समूहलाई कांग्रेसले सहयोग गर्छ त्यसलाई बहुमत पु¥याउन सहज हुन्छ। दुबै प्रदेशमा कांग्रेस निर्णायक छ।
 

विशेष