देशी/विदेशी शक्तिको सेटिङमा प्रतिनिधिसभा विघटनः बाबुराम भट्टराई
संघीय समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले डा. भट्टराईले देशीविदेशी शक्तिहरूको सेटिङमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।
बुटवलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले ओलीको असंवैधानीक कदम विरुद्ध जनताको ठूलो आन्दोलन आवश्यक रहेको बताए। देश भित्र र देश बाहिर सेटिङ मिलाएर मात्र ओलीले प्रतिनिधिसभा विघटन गरेको अध्यक्ष डा. भट्टराईको दावी छ ।
ओलीले अकस्मात प्रतिनिधिसभा विघटन नगरेको जिकिर गर्दै उनले प्रधानमन्त्री भएको दिनदेखि नै राज्यसंयन्त्र कब्जा गर्न सेटिङ मिलाउन सुरु गरेको वताए ।
प्रतिनिधि सभा विघटन विरुद्ध जनताको ठूलो उपस्थितिमा तेस्रो जन आन्दोलनको आवश्यकता रहेको औंल्याउँदै उनले जनताको शक्तिका अगाडी कुनै पनि सेटिङ टिक्न नसक्ने जिकिर गरे ।