माधव नेपाल भन्छन्– ओलीले कतै मैले गल्ती गरेँ भनेर पत्र पो पठाएका छन् कि ?
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीले दण्ड दिन सुरु गरेको वताएका छन् । पार्टी अध्यक्षबाट हटाईएको र साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको उनले वताए ।
‘कतै मैले गल्ती गरेँ भनेर पत्र पो पठाएको छन् कि ? म पनि संसद पुनःस्थापनाको आन्दोलन सहभागी हुन्छु भन्नु भएको छ कि ?’ पार्टीले आज आयोजना गरेको सभामा उनले भने–‘मैले हाम्रा नेताहरुलाई सोध्न पठाएको छैन ।’
‘मान्छेले गल्ति गर्छन्, अपराध गर्छन् । अनि समयमा सचिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । अथवा सुरुमै माफी पनि दिउँला’ तर कसैले पनि भ्रम नराखौं, फेरि केपी ओलीसँग नेकपाले झुक्ने कुनै काम गर्ने छैन । सँगै जाने स्थिति बन्ला भन्ने कसैले भ्रम नपाले हुन्छ ।’
स्परिष्टकरणको जवाफ चै नआएको उनले वताए । उनले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताउँदै ‘यो कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ’ भने।
नेपालले भने– ‘आजको उपस्थितिले जनआन्दोलनको झझल्को दिइरहेको छ। २०६२÷६३ मा जसरी जनता आन्दोलित भएका थिए। त्यस्तै झल्को दिएको छ। त्यसैले मैले भनेको यो कास्टिङ मात्रै हो।’
प्रधानमन्त्री ओलीले प्रचार गरेजस्तो नेकपाको झगडा कुर्सीको नभएको पनि नेपालको भनाइ छ। ओलीको पक्षमा पार्टी केन्द्रीय कमिटीका सय जना मात्रै भएको नेपालले बताए। आफ्नो पक्षमा भने तीन सय जना भएको उनको दाबी छ।