News

बाघले वटुवालाई घिसारेर लगेपछि खोजी गर्दै सुरक्षा निकाय

बाघले वटुवालाई घिसारेर लगेपछि खोजी गर्दै सुरक्षा निकाय

बाघले वटुवालाई घिसारेर लगेको आशंकामा पर्सा राष्ट्रिय निकुञ्जमा सुरक्षाकर्मीहरुको टोली खोजीमा लागेको छ। नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली बटुवाको खोजीमा जुटेको हो ।

वाघले एक जना अधवैंशे बटुवालाई शनिबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्ज–पथलैया सडकखण्डबाट घिसारेर लगेको जानकारी छ ।

बिहान करिब ८ बजे ती बटुवा पिसाब फेर्न राजमार्ग छेउको जंगल छिरेका थिए। त्यसक्रममा उनलाई बाघले घिसारेर लगेको भनी एक महिलाले प्रहरीलाई सूचना दिएकी छिन्। त्यो क्षेत्र बारा जितपुर–सिमरा उपमहानगरपालिका–२१ मा पर्छ।

पर्साकी ती महिलाले बाघले आक्रमण गरी घिसारेर जंगलतर्फ लगेको भनी हुलियासहित विवरण दिएपछि खोजी थालिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले वताए ।

महिलाको सूचनाका आधारमा चार वटा हात्तीसहित सेना, निकुञ्ज र प्रहरीको टोलीले खोजी गरिरहे पनि फेला पार्न सकिएको छैन।

यसअघि बर्दिया राष्ट्रिय निकुञ्जको बाघले पुस १८ गते मोटरसाइकलबाटै थुतेर एक जना महिलालाई खाएको थियो । कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापालाई वाघले मोटरसाईकलवाटै थुतेर लगेको थियो । वाघले अनुहार र दुबै पिडौला खाएको र देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा उनको शव फेला परेको थियो।

विशेष