News राजनीति

योगेशको टिप्पणीः संविधानमा मन नपरेका मुद्दा संशोधन गर्न प्रधानमन्त्रीलाई दुई तिहाई

योगेशको टिप्पणीः संविधानमा मन नपरेका मुद्दा संशोधन गर्न प्रधानमन्त्रीलाई दुई तिहाई

नेकपा प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानमा भएका कतिपय विषय मन नपरेकाले तिनै मुद्दालाई संशोधन गर्न दुई तिहाइ मत मागेको बताएका छन्।

मार्क्सवादी ज्ञान केन्द्रले शनिबार आयोजना गरेको ‘संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थीबाटो तर्फ जाँदै गरेको वताएका उनले नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकोले संविधानप्रति आफूहरुको लगाव र स्नेह रहेको बताए।

संविधानको रक्षाका लागि वकिलहरु विचारवाट भाग्न नमिल्ने पनि उनले वताए । वकिलहरू कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भएपनि संविधानको विषयमा व्यवसायिक धर्म भनी जान नमिल्ने बताए। संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने उनको तर्क छ। 

विशेष