News व्यापार अर्थ रोजगार पर्यटन

नेपाली नागरिक माथि चीनियाँ प्रहरीको अत्याचार, निर्मम कुटपिट 

नेपाली नागरिक माथि चीनियाँ प्रहरीको अत्याचार, निर्मम कुटपिट 

कोरोनाको वहानामा चीनले यतिवेला सिमामा नाकावन्दी गरेको छ । कोरोना संक्रमण सुरु भएदेखि नै नेपाली सवारी साधान चीन छिर्न पाएका छैनन्। तर, त्यसअघि ने चीनियाँ अधिकारीहरुले नेपाली नागरिकमाथि दुब्र्यवहार गर्ने गरेका थिए ।

चीनियाँ अधिकारीहरुले नेपालीहरुलाई हेप्ने, दुब्र्यवहार गर्ने र कुटटिप समेत गर्ने गरेका थिए । यो प्रवृत्ति पहिलादेखि नै चलि आएको हो। पास लिएर जाँदा पनि नेपाली नागरिकलाई दुब्र्यवहार गर्ने र हेप्ने गरेको गोसाईकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावा दिन्डुप तामाङ्गले सुनाए। सामान्य गल्ति गर्दा पनि नेपाली गाडि चालकलाई कुटिहाल्ने, गाली गर्ने गरिएको उनको भनाई छ।

‘हामी एक पटक केरुङ्ग गएका थियौं। एउटा गाडिले थोरै लेन मिचेछ। त्यो गाडिको चालकलाई थुतेर चाइनिज प्रहरीले वेस्सरी कुटे। चालकको एउटा आँखा फुट्यो’ तीन वर्षअघिको एउटा घट्ना सम्झदै उनले भने –‘हामीले त्यो विषयमा केरुङ्गमै आन्दोलन गर्यौ । उनीहरुले सामान्य माफि मागेर चालकको उपचार गरे र नेपाली १८ लाख जति क्षतीपुर्ति तिरे। चालकलाई कुट्ने अधिकारीको सरुवा भयो ।’ त्यसपछि पनि छिटपुट घटना भईरहेका भएपनि कोरोनापछि भने नेपाली गाडिहरु चीन जानै नपाएकाले त्यो समस्या नरहेको उनले वताए ।

आवत जावतामा पनि चाईनिज नागरिक र नेपाली नागरिकमा धेरै फरक छ । उनीहरु १५ किलोमिटर स्याफ्रुवेसीसम्म निर्वाध आउ–जाउ गर्ने गरेपनि नेपालीहरुलाई भने पास भएर पनि जान नदिने गरेको उनको भनाई छ । 

रसुवागढि सिमापार ब्यापार संघका अध्यक्ष कामी नुर्पु तामाङले चीनसँगको ब्यापार असुरक्षित भएको वताए । चीनसँगको ब्यापार शारीरिक, मानसिक र  आर्थिक सवै दृष्टिकोणले असुरक्षित भएको उनको भनाई छ । 

चीनका ब्यापारीले नेपालीहरुलाई ठग्ने, कुट्ने, दुब्र्यवहार गर्ने र भनेजस्तो सामान पनि नदिने गरेको तामाङले वताए । ‘सुरु–सुरुमा राम्रो सामान पठाउँछन्। तर, पछि–पछि गुणस्तरहिन सामान आउँछ’ उनले भने–‘हाम्रो सामान ठ्याक्कै भनेजति पनि आउँदैन।’

अर्डर गरेअनुसार जति लोड हुनुपर्ने हो त्यति समान नै नआउने गरेको पनि उनको गुनासो छ । ‘कोरोना संक्रमण सुरु भएपछि हामी जान पाउँदैनौं, एजेण्ट मार्फत सामान खरिद गर्ने हो’ उनले भने–‘कतिपय सामान गाडिमै चोरी हुन्छ। भद्रगोल अवस्था छ। सामानको कुनै सुरक्षा र ग्यारेण्टि छैन ।’ कतिपय कन्टेनरमा त रित्तो कार्टुन समेत आउने गरेको उनको भनाई छ । ‘एउटा सामान पठाउनु पर्ने ठाउँमा अर्को सामान पठाएका उदाहरण त कति छन् कति। खाली कार्टुन र खाली वोरा पनि पठाई दिन्छन’– उनले भने ।

कोरोना संक्रमण सुरु भएपछि चीनियाँहरुको दुब्र्यवहार भने सहनु नपरेको उनको भनाई छ । ‘यो वर्ष त हामी जान पाइनौ। यसअघि चै गाडि लिएर जाँदा चक्काको हावा खोली दिने, ड्राईभरलाई कुटिदिने समस्या त कति छ कति ?’ उनले भने–‘तर, हाम्रो कुरा कसैले सुन्दैन । उनीहरु केन्द्रका कुरा मात्र सुन्छन्, हाम्रो सरकारले कुनै वास्ता नै गर्दैन ।’

ब्यापारीहरुको ज्यान र सामानको सुरक्षाका विषयमा नेपाल सरकारले चाईना सरकारसँग समन्वय गर्नु पर्ने उनको आग्रह छ। ‘हामीले पैसा तिरेर किनेको सामानको सुरक्षा त हुनु पर्यो नी’ उनी भन्छन–‘सिमा सुरक्षा वैठकमा पनि हाम्रो कुरा सुनुवाई हुँदैन । सिडिओसहित सुरक्षा प्रमुखहरु वैठकमा जान्छन, उनीहरुले हाम्रा समस्या वोल्दैनन’ गुनासो गर्दै उनले भने–‘कमसेकम जनप्रतिनिधि र यहाँका विभिन्न समितिका प्रीतनिधिहरुलाई सहभागि गराए हामी आफना समस्या राख्थ्यौ ।’

सामान किन्न जादाँ कमसेकम इज्जत मात्रै गरे आफुहरु सन्तुष्ट हुने उनको भनाई छ । ‘हामी पैसा तिरर सामान किन्न जाने हो, उनीहरुको अगाडि झुक्नु पर्ने कारण त छैननी’ उनी भन्छन–‘उनीहरुले हामीलाई सम्मान, इज्जत र सुरक्षा चै गर्नु पर्ने हो ।’

यो पनि

चीनियाँ नाकाबन्दीले सीमाका जनताले आफन्त भेट्न पनि पाएनन्

चाईना ब्यापारः रसुवा भन्दा तातोपानी सुगम, तर चीनियाँ शासकको सन्कीले ब्यापारीको बिचल्ली

मदिराले लट्ठ भएर नेपालीलाई थर्काउछन चीनियाँ प्रहरी

महङ्गियो मेड इन चाइना : दलालको दादागिरी, २४ किलोमिटर सामान ओसारेको १२ लाख

नेपाली भुमिमा ड्रोन उडाउँछन चीनियाँ लालसेना

चाईना ब्यापारः कहिले बन्ला सिमासम्म राम्रो बाटो ?

चीनमा नेपाली ब्यापारीको सुरक्षा भएन, आफनै सामान ल्याउन दलाललाई घुस

चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास

नेपालीसँगको सम्वन्ध छुटाउँन चीनले खासाको वस्ती नै उठायो

चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन्

चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध

मेयर र शेर्पालाई सुन तस्करीको आरोप, शेर्पा भन्छन– अरुले पनि भन्सारलाई प्रभाव पारे हुन्छ

‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित

एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी

विशेष