News अपराध सुरक्षा

वन्द उलंघन गरेको भन्दै विप्लव कार्यकर्ताले पिकअप जलाए

वन्द उलंघन गरेको भन्दै विप्लव कार्यकर्ताले पिकअप जलाए

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाका कार्यकर्ताले मकवानपुरमा पिकअप जलाएका छन्।

शनिबार बिहान विप्लव कार्यकर्ताले बा१३च ७९६९ नम्बरको पिकअप भ्यान जलाएका हुन्। पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्ने नेकपाले आज नेपाल वन्दको घोषणा गरेको छ।

प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार भीमफेदीमा सामान अनलोड गरेर काठमाडौं फर्किँदै गरेको पिङकअप फर्पिङ र मकवानपुरको सिमानामा जलाइएको हो।

आगजनीबाट पिकअपमा आंशिक क्षति भएको छ। बिहान २ बजे पिकअपमा आगो लगाएर विप्लव कार्यकर्ता भागेका थिए।

पिकअपका चालक पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
 

विशेष