७० वर्ष लगाएर बनाएको संविधान बचाउन संसदको पुनःस्थापना गर्नुपर्छः नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्ष लगाएर बनाएको संविधान बचाउन संसदको पुनःस्थापना गर्नुपर्ने वताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले भने, ‘देशको संविधान बचाउन संसदको पुनः स्थापना गर्नुपर्छ । जुन प्रधानमन्त्री आयो त्यसैले संविधान फालिदिने ?’ संसद विघटनको विषयमा कांग्रेसको एउटै लाइन भएको वताएका उनले ‘प्रधानमन्त्रीको कदम प्रतिगामी हो र यसलाई हामी सच्याएरै छाड्छौं’ भने।
प्रदेश–१ मा कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र सरकार विरुद्ध अविस्वासको प्रस्ताव आए विपक्षमा मतदान गर्ने पौडेले वताए ।