News

अदालतको अवहेलनामा प्रधानमन्त्री विरुद्ध सर्वाेच्चमा निवेदन

अदालतको अवहेलनामा प्रधानमन्त्री विरुद्ध सर्वाेच्चमा निवेदन

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री केपी ओलीले अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्चमा निवेदन दिएका छन् ।

आचार्यले अदालतमा दिएको निवेदनमा अदालतको अपहेलनामा कारबाही तथा सजाय माग गरिएको छ । निवेदन दर्ता भने भइसकेको छैन ।

ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले केही दिनअघि बाजे वकिल भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य गरेका थिए ।

यसैगरी, संवैधानिक इजलासमा बहसका क्रममा कानुन व्यवसायीहरूले प्रतिनिधिसभा विघटनलाई अदालतले संवैधानिक विषय भनिसक्दा पनि प्रधानमन्त्री ओली यो राजनीतिक मुद्दा भएकाले अदालतले केही गर्न सक्दैन भन्दै आएका थिए । 

विशेष