प्रचण्ड–माधव रुपी दुईटा गोरु दाम्लो चुडाएर भागेपछि गोठमा शान्ति छः महेश वस्नेत
नेकपा (ओली पक्ष) का नेता महेश बस्नेतले गोठमा वितण्डा मच्चाउने प्रचण्ड–माधव रुपी दुईटा गोरु दाम्लो चुडाएर भागेको वताएका छन्। प्रचण्ड र माधाव रुपी गोरु भागेपछि गोठमा शान्ति आएको पनि उनले वताए ।
बुटवल आईतवार आयोजित कार्यकर्ता भेलामा उनले अब कम्युनिस्ट आन्दोलन ठिक ढंगले अगाडि बढ्ने वताए । माधव नेपालले नेतृत्व गरेका बेला भण्डै सकिएको पार्टी अहिलेको उचाइमा पुगेको वताएका उनले ‘प्रधानमन्त्री ओलीले संसद विघटन नगरी राजीनामा दिएको भए कम्युिनष्ट आन्दोलन समाप्त हुन्थ्यो’ भन्दै तर्क गरे।
पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जंगली’ भनेका वस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले जंगलबाट घरमा ल्याएर मान्छे बनाउन खोजे पनि नसकेको दावी गरे।