News राजनीति

प्रधानमन्त्रीको प्रश्नः सांसद भनेको पाँचै वर्ष खान पाउनुु पर्ने स्थायी जागिर हो ?’

प्रधानमन्त्रीको प्रश्नः सांसद भनेको पाँचै वर्ष खान पाउनुु पर्ने स्थायी जागिर हो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सेवा गर्नुपर्ने र  देशको सेवा गर्नुपर्ने ठाउँमा मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि संसद विघटन गरेर ताजा जनादेशको घोषणा गरिएको वताएका छन् । अपांगता भएका व्यक्तिहरूको समस्या र सवालका विषयमा भएको अन्तरक्रियामा वोल्दै प्रधानमन्त्री ओलीले यस्तो वताएका हुन्।

संसद विघटन भएको असंवैधानीक भयो, अलोकतान्त्रीक भयो भनेर कराईरहेकाहरु देश विरोध र जनविरोधी भएको उनले वताए । ‘संसद विघटन भएको असंवैधानीक भयो, अलोकतान्त्रीक भयो भनेर कराईरहेका छन्। ति कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी, जनविरोधी हुन’ उनले भने–‘जो कराईरहेका छन्।  अस्तब्यस्तता खडा गर्ने देशमा, स्थिरता हुन नदिने, स्थायित्व हुन नदिने र वहुमतको सरकार तोडेर अनि जोडजाम सरकार वनाएर स्थिरताको नाटक गर्ने ।’

आफुहरु पाँच वर्षका लागि सांसद चुनिएर आएको वताउँनेहरुलाई ओलीले सांसद स्थायी जागिर हो ? भन्दै प्रश्न पनि गरेका छन् । ‘संसदमा पाँचै वर्ष जागिर खान पाउनु पर्छ चुनिएर आएपछि भन्ने। सांसद भनेको जागिर हो ?’ उनले भने–‘सांसद भनेको जागिर होईन। उनीहरुको तर्क, पाँचै वर्ष जागिर खान पाउनुु पर्छ । यो स्थायी जागिर हो ?’

जनताको सेवा गर्नुपर्ने, देशको सेवा गर्नुपर्ने ठाउँमा देशको सेवा नगरेर अरुद्वारा निर्देशीत, अरुको इसारामा, अरुका लागि काम गर्ने भएपछि स्थिरतालाई भत्काएर अस्थिरतातर्फ मुलुकलाई धकेल्न खोजेपछि स्थिरताका लागि जनतामा ताजा जनादेशका लागि जानु परेको उनले वताए । ‘कुन कुन सांसदले के कस्तो काम गरेका छन्, जनताले मुल्यांकन गर्नु पर्यो र त्यस अनुसार पुरस्कृत गर्ने की सजाय गर्ने त्यो कुरा जनताले फैसला गर्नु पर्यो’– उनले भने।

जनता मै सार्वभौमअधिकार सम्पन्न भएकाले ताजा जनादेशका लागि आफु जनता समक्ष जान खोजेको वताएका उनले जताको अधिकार आफुले हातमा नलिएको दावी गरे । ‘मैले आफनो हातमा लिएको छैन। मैले आफना हातमा लिएको भए तानाशाही हुन्थ्यो। जनताको विचमा जनताको फैसला, तपाईको विचमा तपाईहरु फैसला गर्नुहोस भन्दा म तानाशाह भए?’ उनले भने–‘मैले त फैसला गरेको छैन। मैले फैसला गर्छु, मै शासक हुन्छु, मै रहन्छु, जोडजाम, जोडघटाउ, जालझेल, षडयन्त्र गरेर, तिगडम गरेर मै शासनमा रहन्छु भनेको छैन।’
 

विशेष